शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोभिडबाट जोगिएर सेवा प्रवाह गर्न उद्योग मन्त्रालयको अपिल

कोभिडबाट जोगिएर सेवा प्रवाह गर्न उद्योग मन्त्रालयको अपिल

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले सेवा प्रवाह गर्दा कोभिड–१९को जोखिमबाट जोगिएर गर्न अपिल गरेको छ।
 |  आइतबार, वैशाख ५, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख ५, २०७८

काठमाडौं– उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले सेवा प्रवाह गर्दा कोभिड–१९को जोखिमबाट जोगिएर गर्न अपिल गरेको छ। ‘मुलुकभर उद्योग, वाणिज्य तथा आपूर्ति सम्बन्धी कार्य गर्दा कोभिड–१९को जोखिम न्यूनीकरण हुने उपायहरुको अवलम्बन गर्नु आवश्यक छ,’ मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ।

विश्वव्यापी रुपमा फैलिरहेको कोभिड संक्रमणको जोखिम नियन्त्रण र रोकथामका लागि उद्योग, व्यापारिक एवं व्यावसायिक फर्म, डिपार्टमेन्टल स्टोर, बिक्री केन्द्र एवं पसलहरुले सतर्क हुनुपर्ने सूचनामा भनिएको छ। संक्रमण फैलिन नदिने गरी सार्वजनिक सेवा प्रवाह, वस्तु तथा सेवाको उत्पादन, ढुवानी तथा बिक्रीवितरण लगायत कार्य सुरक्षित तवरले सञ्चालन गर्न मन्त्रालयले अनुरोध गरेको छ।

साथै गत साउन १५ मा जारी गरेको कोभिड–१९ महामारीको समयमा उद्योग वाणिज्य तथा आपूर्ति क्षेत्रले अपनाउनुपर्ने सुरक्षा मापदण्ड अनिवार्य पालना गर्न पनि मन्त्रालयले अनुरोध गरेको छ। गत वर्षको मापदण्डमा व्यावसायिक फार्महरुमा उपभोक्ताले दूरी कायम गर्नुपर्ने, मास्क अनिवार्य लाउनु पर्ने, व्यवसायीले फेस शिल्ड प्रयोग गर्ने लगायतका मापदण्ड रहेका थिए।
 

प्रकाशित: Apr 18, 2021| 07:02 आइतबार, वैशाख ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।