शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • रामबहादुर थापा पुन: गृहमन्त्रीमा नियुक्त, आजै साँझ शपथ

रामबहादुर थापा पुन: गृहमन्त्रीमा नियुक्त, आजै साँझ शपथ

पदमुक्त भएका रामबहादुर थापालाई सरकारले पुन: गृहमन्त्रीमा नियुक्त गरेको छ।
 |  आइतबार, वैशाख ५, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख ५, २०७८

काठमाडौं - पदमुक्त भएका रामबहादुर थापालाई सरकारले पुन: गृहमन्त्रीमा नियुक्त गरेको छ।

संविधानकाे धारा ७८ (२) अनुसार उनलाई ६ महिनाका लागि गृहमन्त्रीमा नियुक्त गरिएकाे हाे। संविधानको उक्त उपधारामा यसरी मन्त्रीमा नियुक्त व्यक्ति ६ महिनाभित्र सांसद भइसक्नुपर्छ। 

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले दिएको जानकारीअनुसार थापालाई आजै बेलुकी ५ बजे पद तथा गाेपनीयताकाे शपथ ग्रहण गराउने कार्यक्रम छ।

गृहमन्त्री थापा एमालेमा लागेपछि माओवादीले उनलाई कारबाही गरेको थियो। माओवादीले चैत २७ गते थापाले दलत्याग गरेको जानकारीसहितको पत्र संसद सचिवालयमा दर्ता गरेको थियो। 

पार्टीको कारबाहीसँगै गृहमन्त्री रहेका थापाको राष्ट्रियसभा सदस्य पद गुमेको थियाे। राष्ट्रियसभा सदस्य नरहँदा उनको गृहमन्त्री पद पनि गुमेकाे थियाे।

सो पत्रपछि राष्ट्रिय सभा अध्यक्षले थापाको राष्ट्रियसभा सदस्य पद रिक्त भएको निर्णय गरेका हुन्। संसद सचिवालयले आज थापाको पद रिक्त भएको सूचना प्रकाशित गरेको छ। थापा बागमती प्रदेशबाट राष्ट्रियसभा सदस्य बनेका थिए।

प्रकाशित: Apr 18, 2021| 05:42 आइतबार, वैशाख ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।