शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कुम्भ मेलाबाट फर्किनेले १४ दिन क्वारेन्टिन बस्नैपर्ने

कुम्भ मेलाबाट फर्किनेले १४ दिन क्वारेन्टिन बस्नैपर्ने

भारतको नयाँ दिल्ली सरकारले कुम्भ मेलाबाट फर्किनेले अनिवार्य रुपमा १४ दिन क्वारेन्टिन बस्नुपर्ने निर्देशन जारी गरेको छ।
 |  आइतबार, वैशाख ५, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख ५, २०७८

काठमाडौं– भारतको नयाँ दिल्ली सरकारले कुम्भ मेलाबाट फर्किनेले अनिवार्य रुपमा १४ दिन क्वारेन्टिन बस्नुपर्ने निर्देशन जारी गरेको छ।

हरिद्वारमा लागेको मेलाबाट फर्केपछि क्वारेन्टिनमा नबसे कारबाही गरिने चेतावनी पनि सरकारले दिएको छ।

४ देखि १४ अप्रिलको बीचमा कुम्भ मेला गएका मानिसलाई २४ घण्टाभित्र दिल्ली सरकारको वेबसाइटमा आफ्नो विस्तृत जानकारी अपलोड गर्न भनिएको छ। त्यसैगरी १८ देखि ३० तारिखसम्म त्यहाँ जाने तयारी गरेकाहरुले पनि आफू र आफ्नो यात्राबारे जानकारी दिनु पर्नेछ।  

हरिद्वारमा जारी मेलाको पछिल्लो ५ दिनमा १७ सय जनालाई कोरोना देखिएको छ। लाखौं सहभागी हुने मेलामा मास्क लगाउने र दूरी कायम गर्ने नियमको पूर्णतया उल्लंघन भइरहेको छ। 
 

प्रकाशित: Apr 18, 2021| 03:21 आइतबार, वैशाख ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।