शुक्रबार, भदौ १२, २०८३

भाउजू हत्याको आरोपमा काठमाडौंमा एकजना पक्राउ

आफ्नै भाउजूको हत्या गरेको आरोपमा काठमाडौंमा एकजना पक्राउ परेका छन्।
 |  आइतबार, वैशाख ५, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख ५, २०७८

काठमाडौं- आफ्नै भाउजूको हत्या गरेको आरोपमा काठमाडौंमा एकजना पक्राउ परेका छन्।

काठमाडौं महानगरपालिका-१० बुलबुले मार्गका ४८ वर्षीय मोहन राजभण्डारीले सोही उमेरकी भाउजू रोशनी राजभण्डारीको शनिबार राति हत्या गरेको प्रहरीले बताएको छ।

बाटोमा हिँडिरहेकी भाउजूलाई मोहनले लखेटेर रडले हिर्काएको प्रारम्भिक अनुसन्धानबाट खुलेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले जानकारी दिए। 

उनका अनुसार रड प्रहारबाट गम्भीर घाइते भएकी रोशनीलाई उपचारका लागि ट्रमा सेन्टर लगिएको थियो। उपचारको क्रममा उनको शनिबार राति आठ बजे मृत्यु भएको हो।

हत्या आरोपी मोहनलाई पक्राउ गरी थप अनुसन्धान अगाडि बढाइएको प्रहरी वरिष्ठ उपरीक्षक सिंहले बताए। उनलाई बानेश्वर वृत्तमा राखिएको छ।

प्रकाशित: Apr 18, 2021| 02:57 आइतबार, वैशाख ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।