आइतबार, मंसिर २८, २०८२

दैनिक १२ हजार कोरोना संक्रमितको मृत्यु

कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ३० लाख नाघेको छ।
 |  आइतबार, वैशाख ५, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख ५, २०७८

काठमाडौं– कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ३० लाख नाघेको छ।

National life

अमेरिकास्थित जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार अमेरिका, भारत र ब्राजिल सबैभन्दा बढी प्रभावित छन्। कुल मृतकमध्ये १० लाखभन्दा बढी यिनै तीन देशका छन्।

समाचार एजेन्सी एएफपीका अनुसार पछिल्लो साता विश्वभर दैनिक औसत १२ हजार जना कोरोना संक्रमितको मृत्यु भइरहेको छ। 

विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस एडहनम गिब्रिएसुसले भनेका छन्, ‘संक्रमण र मृत्यु चिन्ताजनक रुपमा बढ्दै गएको छ।’

केही साता अघिसम्म भारतमा महामारी लगभग नियन्त्रणमा आइसकेको थियो। दैनिक संक्रमण २० हजारभन्दा तल थियो। तर फेरि संक्रमण तीव्र रुपमा बढ्न थाल्यो। हिजो शनिबार एकै दिन त्यहाँ २ लाख ३४ हजारभन्दा बढी संक्रमित थपिए। ब्राजिलमा पनि संक्रमित बढिरहेका छन्।

Laxmi sunrise bank
kumari

विश्वका १६५ देशमा कोरोना भाइरसविरुद्धको भ्याक्सिन लगाउने काम पनि भइरहेको छ। अहिलेसम्म ८६ करोडभन्दा बढी डोज दिइसकिएको छ। डब्लुएचओका प्रमुख भन्छन्, ‘सबैलाई भ्याक्सिन दिने कुरा नै चुनौतीपूर्ण छ। यसमा हामी असफल भइरहेका छौं।’ 

साथै उनले भ्याक्सिनबाट मात्रै कोरोना नियन्त्रण गर्न सकिन्छ भनेर नसोच्न पनि आग्रह गरेका छन्। 

प्रकाशित: Apr 18, 2021| 02:27 आइतबार, वैशाख ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।