शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • निर्वाचन क्षेत्र विकास कार्यक्रमको बजेट घटेपछि प्रदेश १ मा लगातार संसद् अवरुद्ध

निर्वाचन क्षेत्र विकास कार्यक्रमको बजेट घटेपछि प्रदेश १ मा लगातार संसद् अवरुद्ध

प्रदेश १ प्रदेशसभाको सातौं तथा हिउँदे अधिवेशनको आठौं बैठक आज आइतबार बस्दैछ।
 |  आइतबार, वैशाख ५, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख ५, २०७८

विराटनगर– प्रदेश १ प्रदेशसभाको सातौं तथा हिउँदे अधिवेशनको आठौं बैठक आज आइतबार बस्दैछ। 

दिउँसो १ बजे बस्ने बैठक प्रतिपक्षी दलहरुले आज पनि अवरुद्ध गर्ने तयारी गरेका छन्। चैत २६, २७ र ३० गते बसेका बैठक अवरुद्ध गरेको प्रतिपक्षी दलले आइतबारको बैठक पनि अवरुद्ध गर्ने तयारी गरेको छ। सत्तारुढ दलले सहमति कायम नगरेसम्म बैठक चल्न नदिइने माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्वोले बताए। 

प्रदेश सरकारले चालु आर्थिक वर्षमा ४० अर्व ८९ करोड ९९ लाख ४७ हजार रुपैयाँको बजेट ल्याएको थियो। सरकारले बजेट घाटामा सन्तुलन कायम गर्न मन्त्रिपरिषद् निर्णयमार्फत ५० प्रतिशत बजेट कटौती गरेको छ। निर्वाचन क्षेत्र विकास कार्यक्रमको समेत बजेट कटौती भएपछि प्रदेशसभामा विवाद उत्पन्न भएको छ। बजेट कटौतीको विषयलाई लिएर प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपाले बैठक अवरुद्ध गर्दै आएका छन्।

आइतबारको संसद बैठकमा मुख्यमन्त्री शेरधन राईले विशेष समय लिएर बोल्ने तयारी गरेका छन्। मुख्यमन्त्री राईलाई बोल्न नदिए सरकारले चालु हिउँदे अधिवेशन अन्त्य गर्ने तयारी गरेको छ।

आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले मुख्यमन्त्रीलाई विशेष समयमा बोल्न नदिएर बैठक अवरुद्ध गरे सरकारले निर्णय लिने बताए।

संसद बैठक अवरुद्ध गर्दै आएका दलहरुसँग सहमति कायम नगरेसम्म मुख्यमन्त्री राईलाई बोल्न नदिइने नेपाली कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले बताए । 

प्रकाशित: Apr 18, 2021| 01:22 आइतबार, वैशाख ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।