शुक्रबार, भदौ १२, २०८३

यस्तो छ कर्णालीका नयाँ मन्त्रीको विगत

नवनियुक्त भौतिक पूर्वाधार विकास मन्त्री अम्मरबहादुर थापा दैलेख प्रदेशसभा १ (ख)बाट निर्वाचित सांसद हुन्। विस २०३६ सालमा भएको जनमत संग्रहमा सक्रिय सहभागी थापाको राजनीतिक पृष्ठभूमि तुलनात्मक रूपमा केही लामो छ। 
 |  शनिबार, वैशाख ४, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख ४, २०७८

सुर्खेत- कर्णाली प्रदेशमा शनिबार साँझ मन्त्रीमण्डल विस्तार गरिएको छ। नयाँमन्त्रीमण्डलमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा नन्दसिं बुढा, भौतिक पूर्वाधार विकास मन्त्रीमा अमरबहादुर थापा र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा कुर्मराज शाही नियुक्त भएका छन्। तीनै जना एमालेको माधवकुमार नेपाल समूहका सांसद हुन्। 

नयाँ मन्त्री बनेका तीनै जनाले शुक्रबार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका थिए। पार्टीको ह्विप विपरीत शुक्रबार मुख्यमन्त्री मेहन्द्रबहादुर शाहीलाई विश्वासको मत मत दिएको भन्दै नेकपा एमाले प्रदेश कमिटीले तीन जना सांसदलाई शनिबार कारबाही गरिसकेको छ।

भौतिक पूर्वाधारमन्त्री थापाको विगत
नवनियुक्त भौतिक पूर्वाधार विकास मन्त्री अम्मरबहादुर थापा दैलेख प्रदेशसभा १ (ख)बाट निर्वाचित सांसद हुन्। विस २०३६ सालमा भएको जनमत संग्रहमा सक्रिय सहभागी थापाको राजनीतिक पृष्ठभूमि तुलनात्मक रूपमा केही लामो छ। 

२०२९ सालमा जिल्ला सभाको सदस्य भएका उनी २०४२ सालमा वामपन्थी राजनीतिमा लागेका हुन्। २०४८ सालमा एमालेमा आबद्ध भएका उनी संविधानसभा सदस्यसमेत हुन्। उनले १३ महिना हिरासत र डेढ महिना जेलजीवन बिताएका छन्। 

थापाले माध्यमिक शिक्षा पास गरेका छन्। आमा सावित्री र बुबा पठे थापाबाट २०१२ सालमा दैलेखको भगवतीमाई गाउँपालिका–१ पग्नाथमा उनको जन्म भएको हो।

कृषिमन्त्री बुढाको विगत
नवनियुक्त कृषि भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा नन्दसिं बुढा डोल्पा प्रदेशसभा (ख)बाट निर्वाचित सांसद हुन्। उनीको सक्रिय राजनीति यात्रा धेरै लामो भने छैन। 

२०५८ सालदेखि नेपाल निजामति कर्मचारी संगठन डोल्पाबाट उनले राजनीति सुरु गरेका हुन् उनले। २०६३ सालदेखि एमालेको सक्रिय राजनीतिमा संलग्न भएका उनी यसअघि कर्णाली प्रदेश सरकारको उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्री थिए। 

उनले २०७० सालमा एमाले डोल्पाको पार्टी सचिव भएर जिम्मेवारी निर्वाह गरिसकेका छन्। उनले प्रवीणता प्रमाणपत्र तहसम्मको शिक्षा हासिल गरेका छन्। 

चन्द्रकुमारी र बुवा धनराम बुढाथोकीबाट २०३२ साल बैशाख १७ गते ठूलोभरी नगरपालिका–४ दुनैमा उनको जन्म भएको हो।

पर्यटनमन्त्री शाहीको विगत
नवनियुक्त उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा कुर्मराज शाही कालिकोट प्रदेशसभा (क)बाट निर्वाचित सांसद हुन्। २०४९ सालमा अनेरास्ववियूबाट राजनीति सुरु गरेका शाही २०४७ सालदेखि एमालेको सक्रिय राजनीतिमा लागेका हुन्। 

२०५७ देखि २०६५ सम्म एमाले कालिकोटको पार्टी उपसचिव, २०६६ मा जिल्ला कमिटी सचिव, २०६८ सालमा एमाले कालिकोटका अध्यक्ष भएर जिम्मेवारी निर्वाह गरिसकेका छन्। उनले अर्थशास्त्र र अंग्रेजीमा स्नातक गरेका छन्। 

आमा मैनकला र बुवा पदमबहादुर शाहीबाट २०२८ साल बैशाख ८ गते शुभकालिका गाउँपालिका–४ कालिकोटमा उनको जन्म भएको हो।

प्रकाशित: Apr 17, 2021| 16:30 शनिबार, वैशाख ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।