शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • एमालेले कारबाही गरेका कर्णालीका ३ सांसद मन्त्रीमा नियुक्त

एमालेले कारबाही गरेका कर्णालीका ३ सांसद मन्त्रीमा नियुक्त

नन्दसिं बुढा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बनेका छन् भने भौतिक पूर्वाधार विकास मन्त्रीमा अमरबहादुर थापा नियुक्त भएका छन्। यस्तै उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा कुर्मराज शाहीलाई जिम्मेवारी दिइएको मुख्यमन्त्री कार्यालयले जानकारी दिएको छ। 
 |  शनिबार, वैशाख ४, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख ४, २०७८

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले कारबाही गरेका कर्णालीका तीनै जना सांसद मन्त्री बनेका छन्। मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिएपछि नन्दसिं बुढा, अम्मरबहादुर थापा र कुर्मराज शाहीलाई विभिन्न मन्त्रालयको जिम्मेवारी दिएका हुन्। 

'मुख्यमन्त्रीज्यूले विश्वासको मत लिईसकेपछि मन्त्रिपरिषद हेरफेर गर्नुभएको छ,' मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले दिएको जानकारीमा उल्लेख छ। 

नन्दसिं बुढा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बनेका छन् भने भौतिक पूर्वाधार विकास मन्त्रीमा अमरबहादुर थापा नियुक्त भएका छन्। यस्तै उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा कुर्मराज शाहीलाई जिम्मेवारी दिइएको मुख्यमन्त्री कार्यालयले जानकारी दिएको छ।  

नवनियुक्त तीनै जना मन्त्रीहरूलाई एमाले कर्णाली प्रदेशले पार्टीको सदस्यसमेत नरहने गरी शनिबार मात्रै कारबाही गरेको थियो। यसअघि शुक्रबार मुख्यमन्त्री शाहीले प्रदेशसभाबाट विश्वासको मत लिएका थिए।

एमालेको ह्विपविपरीत मुख्यमन्त्री शाहीको पक्षमा उनीहरूले विश्वासको मत दिएपछि शाही सरकारले निरन्तरता पाएको हो। 

प्रकाशित: Apr 17, 2021| 14:56 शनिबार, वैशाख ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।