शनिबार, असोज १०, २०८३

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

योसँगै पेट्रोलको मूल्य १२१ रुपैयाँ प्रतिलिटर पुगेको छ भने डिजेल र मट्टीतेलको मूल्य १०४ रुपैयाँ प्रतिलिटर कायम भएको छ। 
 |  शनिबार, वैशाख ४, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख ४, २०७८

काठमाडौं- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। निगमले पेट्रोल, डिजेल र मट्टीतेलमा समान १-१ रूपैयाँ मूल्य वृद्धि गरेको हो। 

शनिबार राती १२ बजेबाट लागू हुने गरी मूल्य बढाइएको निगमले जारी गरेको सूचनामा उल्लेख छ। 

योसँगै पेट्रोलको मूल्य १२१ रुपैयाँ प्रतिलिटर पुगेको छ भने डिजेल र मट्टीतेलको मूल्य १०४ रुपैयाँ प्रतिलिटर कायम भएको छ। 

यस्तै आन्तरिक तर्फको हवाई इन्धनमा २ रुपैयाँ प्रतिलिटर बढाएर ७६ रुपैयाँ प्रतिलिटर कायम गरिएको छ। 

खाना पकाउने ग्यास र अन्तर्राष्ट्रियतर्फको हवाइ इन्धनको मूल्य भने यथावत् राखिएको निगमले जानकारी दिएको छ। 

No description available.

प्रकाशित: Apr 17, 2021| 14:26 शनिबार, वैशाख ४, २०७८
प्रतिक्रिया दिनुहोस्