शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कर्णाली प्रदेशको अवस्था देशैभर दोहोरिन सक्छ : भीम रावल

कर्णाली प्रदेशको अवस्था देशैभर दोहोरिन सक्छ : भीम रावल

नेकपा एमालेका नेता भीम रावलले कर्णाली प्रदेशको अवस्था देशैभर दोहोरिन सक्ने चेतावनी दिएका छन्।
 |  शनिबार, वैशाख ४, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख ४, २०७८

धनगढी- नेकपा एमालेका नेता भीम रावलले कर्णाली प्रदेशको अवस्था देशैभर दोहोरिन सक्ने चेतावनी दिएका छन्। नेपाल उत्पीडित जातीय मुक्ति समाज सुदूरपश्चिम प्रदेश स्तरीय कार्यकर्ता भेलालाई धनगढीमा सम्बोधन गर्दै नेपाल–खनाल पक्षीय नेता रावलले यस्तो चेतावनी दिएका हुन्।

'कर्णाली प्रदेशको अवस्था देशैभर दोहोरिन सक्छ। आवश्यक परे सुदूरपश्चिम र अरु प्रदेशमा पनि कर्णाली प्रदेशकै अवस्था सिर्जना हुन सक्छ,' नेता रावलले भने। 

कर्णाली प्रदेशका मुख्यमन्त्रीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख सचेतकलाई हटाउन लगाएर विवादको बिउ रोपेको रावलले आरोप लगाएका थिए।

‘बिउ उहाँले रोप्नुभएको थियो। अहिले उम्रियो, ठूलो भयो। त्यसको फल झरेको हो। अब त्यसको फल बालुवाटारमा खानुस् मजाले। त्यहाँ (कर्णाली)का साथीहरूले कुनै आफ्नो स्वार्थका लागि त्यो निर्देशन, ह्वीप नमानेको होइन,' रावलले भने, 'पार्टीको स्वाधीनता, एकता, पार्टीलाई जोगाउन र पार्टीको विधान नमान्ने, देशको संविधान नमान्ने, पार्टीमा मनपरी गर्नेको विरुद्धमा कदम चालिएको हो।’

रावलले कर्णाली प्रदेशको पछिल्लो राजनीतिक घटना प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध भएको उल्लेख गरेका थिए। राष्ट्रिय एकता र स्वाधीनताका लागि पार्टीको ह्विपको अर्थ नरहने उनको भनाइ छ। 

प्रकाशित: Apr 17, 2021| 13:40 शनिबार, वैशाख ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।