शनिबार, वैशाख ६, २०८२

धनुषामा बस र टिपर ठोक्किए, १७ जना घाइते 

धनुषामा बस र टिपर एक आपसमा ठोक्किँदा १७ जना घाइते भएका छन्। मिथिला नगरपालिका-९ लालगढमा शनिबार दिउँसो बस र टिपर ठोक्किदा बसमा सवार १७ जना घाइते भएका हुन्। 
 |  शनिबार, वैशाख ४, २०७८
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख ४, २०७८

vianetvianet

जनकपुरधाम- धनुषामा बस र टिपर एक आपसमा ठोक्किँदा १७ जना घाइते भएका छन्। मिथिला नगरपालिका-९ लालगढमा शनिबार दिउँसो बस र टिपर ठोक्किदा बसमा सवार १७ जना घाइते भएका हुन्। 

triton college

धनुषाका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक मकेन्द्र कुमार मिश्रले जानकारी दिए। पूर्वपश्चिम लोकमार्गमा वीरगंजबाट विराटनगर तर्फ जाँदै गरेको प्रदेश २-०३-००१ क ०६९० नम्बरको टिपर र को १ ख ६६९१ नम्बरको बस एक आपसमा ठोक्किएका थिए।

घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको धनुषा प्रहरीले जनाएको छ। 

दुर्घटनामा बस चालक ४२ वर्षीय केशव संग्रौलाको दुवै खुट्टा र हातमा गम्भीर चोट लागेको छ। त्यस्तै पर्साका रानीघाट ८ का ४० वर्षीय नन्दु बैठा, मोरङ विराटनगर महानगरपालिका-४ का ४५ वर्षीय बद्री भुजेल, सप्तरी हरीपुर चितामन-७ का ३० वर्षीया आशादेवी चौधरी, सप्तरी कञ्चनपुरका महिनारायण पण्डित घाइते भएका छन्। 

यस्तै सर्लाही बाग्मती नगरपालिका-८ की पर्वता ठकुरी, हरिपुर नगरपालिका-१ की यमकुमारी खड्का, हरिवन-५ का सुजित महरा, अभिषेक महरा, सर्लाही बागमती नगरपालिकाकी रामप्यारी देवी महतो, ईश्वरपुर नगरपालिकाकी सोनु कुमारी महतो, पर्सा वीरगञ्जकी अस्मिता पटेल, सम्झना पटेल, आयुष पटेल, अंश पटेल, रितेश पटेल र सिरहा गोलबजारका रुपा शाही ठकुरीलगायत घाइते छिन्।

National life insurance

घाइतेहरूको मोडल अस्पताल लालगढमा उपचार भइरहेको छ। 

प्रकाशित: Apr 17, 2021| 13:00 शनिबार, वैशाख ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।