शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • महेन्द्रबहादुर शाही सरकार जोगाइदिने एमाले सांसदप्रति माओवादी कृतज्ञ

महेन्द्रबहादुर शाही सरकार जोगाइदिने एमाले सांसदप्रति माओवादी कृतज्ञ

एमालेबाट विद्रोह गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका प्रदेश सांसद प्रकाश ज्वाला, कुर्मराज शाही, अम्मरबहादुर थापा र नन्दसिंह बुढाप्रति माओवादी केन्द्र संसदीय दलको बैठकले विशेष धन्यवाद दिएको हो।
 |  शनिबार, वैशाख ४, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख ४, २०७८

सुर्खेत- कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पक्षमा विश्वासको मत दिएका नेकपा (एमाले)का सांसदलाई नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले कृतज्ञता ज्ञापन गरेको छ। 

नेकपा (एमाले)बाट विद्रोह गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका प्रदेश सांसद प्रकाश ज्वाला, कुर्मराज शाही, अम्मरबहादुर थापा र नन्दसिंह बुढाप्रति माओवादी केन्द्र संसदीय दलको बैठकले विशेष धन्यवाद दिएको हो।

‘केपी शर्माको तानाशाही एवम् प्रतिगामी प्रवृत्तिका विरुद्ध विद्रोह गर्दै दलका नेता एवम् मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पक्षमा विश्वासको मत दिने नेकपा (एमाले) कर्णाली प्रदेशसभा दलको नेतृत्वमा रहनुभएका प्रकाश ज्वाला, कुर्मराज शाही, अमरबहादुर थापा र नन्दसिंह बुढाको योगदानको विशेष महत्व रहेको अनुभूति गर्दै उहाँहरुलाई हार्दिक अभारसहित धन्यवाद व्यक्त गरेको छ,’ माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक सीताकुमारी नेपालीले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

उनीहरुले शुक्रबार बसेको प्रदेशसभा बैठमा फ्लोर क्रस गरेर मुख्यमन्त्रीलाई विश्वासको मत दिएका थिए। पार्टीको ह्विप विपरीत मुख्यमन्त्रीलाई विश्वासको मत दिएको भन्दै एमाले प्रदेश कमिटीले शनिबार सांसदहरू शाही, थापा र बुढालाई पार्टीबाट निष्काशन गरिसकेको छ

प्रकाशित: Apr 17, 2021| 12:10 शनिबार, वैशाख ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।