शुक्रबार, भदौ १२, २०८३

६ हजारको परीक्षण गर्दा साढे ८ सयमा कोरोना पुष्टि

पछिल्लो २४ घण्टामा नेपालमा झण्डै साढे ८ सय जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
 |  शनिबार, वैशाख ४, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख ४, २०७८

काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा झण्डै साढे ८ सय जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

६ हजार ४ जनाको कोरोना परीक्षण गरिएकामा ८४३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

पछिल्लो २४ घण्टामा ७६८ जनाको पीसीआर परीक्षणबाट र ७५ जनाको एन्टिजेन परीक्षणबाट कोरोना पुष्टि भएको हो।
आज थपिएकासहित नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ८३ हजार ६५८ पुगेको छ।

हालसम्म २ लाख ७५ हजार ३८ जना संक्रमणमुक्त भएका छन्। जसमध्ये पछिल्लो २४ घण्टामा २२६ जना कोरोनामुक्त भएको मन्त्रालयको तथ्यांक छ।

हाल मुलुकभर सक्रिय संक्रमितको संख्या ५ हजार ५४५ छ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ५ जनाको मृत्यु भएसँगै कुल मृतकको संख्या ३ हजार ७५ पुगेको छ। 

प्रकाशित: Apr 17, 2021| 10:49 शनिबार, वैशाख ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।