शुक्रबार, भदौ १२, २०८३

हामी सरकार गठन, पुनर्गठनको प्रक्रियामा छौँ : प्रचण्ड

‘हामी सरकार गठन, पुनर्गठनको ठूलो प्रक्रियाभित्र छौं,’ उनले भने। 
 |  शनिबार, वैशाख ४, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख ४, २०७८

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफूहरू सरकार गठन पुनर्गठनको प्रक्रियामा रहेको बताएका छन्।

शैक्षिक अभियान तथा दोस्रो र तेस्रो प्रदेश परिषद् उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै उनले सरकार पुनर्गठनको प्रक्रियामा रहेको बताएका हुन्। 

प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारको विकल्पमा नयाँ सरकार गठन गर्नुपर्ने उनले बताएका थिए। ‘हामी सरकार गठन, पुनर्गठनको ठूलो प्रक्रियाभित्र छौं,’ उनले भने। 

ओली सरकारको अराजकता हटाउने प्रक्रियामा जानुपर्ने हतारोमा रहेको उनको भनाइ थियो। ‘केन्द्रको अन्योल र अराजकता अन्त्य गर्न लगातार पहल गरेका छौं,' उनले भनेका थिए। 

प्रकाशित: Apr 17, 2021| 09:48 शनिबार, वैशाख ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।