शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कांग्रेसको महाधिवेशन प्रभावित नहुने गरी उपनिर्वाचन गर्न ओली सकारात्मक

कांग्रेसको महाधिवेशन प्रभावित नहुने गरी उपनिर्वाचन गर्न ओली सकारात्मक

नेपाली कांग्रेसको महाधिवेशन प्रभावित नहुने गरी उपनिर्वाचन गर्न प्रधानमन्त्री केपी शर्मा ओली सकारात्मक देखिएका छन्। 
 |  शनिबार, वैशाख ४, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख ४, २०७८

काठमाडौं- नेपाली कांग्रेसको महाधिवेशन प्रभावित नहुने गरी उपनिर्वाचन गर्न प्रधानमन्त्री केपी शर्मा ओली सकारात्मक देखिएका छन्। 

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको सर्वदलीय बैठकमा प्रधानमन्त्री ओली रिक्त रहेका स्थानमा उपनिर्वाचन गर्नुपर्ने धारणा राखेका थिए। त्यसपछि नेपाली कांग्रेसले महाधिवेशन प्रभावित नहुने गरी उपनिर्वाचन गर्नुपर्ने बताएको थियो। यसपछि ओलीले कांग्रेससँग छलफल गरी उपनिर्वाचनको मिति तय गरिने बताएका थिए। 

'नेपाली कांग्रेसले भदौमा आफ्नो महाधिवेशन हुने भएकाले त्यो प्रभावित हुने गरी कार्यतालिका सार्वजनिक गरियोस् भनेको थियो। त्यस विषयमा प्रधानमन्त्रीले कांग्रेससँग परामर्श गर्ने भन्नुभएको छ,' बैठकपछि बाहिरिने क्रममा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भने। 

बैठकमा उपनिर्वाचनका विषयमा छलफल भएको थियो। यसका साथै कोरोना भाइरसको संक्रमण न्यूनीकरणलगायतका विषयमा छलफल भएको थियो।

प्रकाशित: Apr 17, 2021| 09:33 शनिबार, वैशाख ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।