शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • संसद्ले एमसीसीबारेको छलफल रोक्न मिल्दैन : प्रदीप ज्ञवाली

संसद्ले एमसीसीबारेको छलफल रोक्न मिल्दैन : प्रदीप ज्ञवाली

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले संसद्ले बिजनेस रोक्न नमिल्ने बताएका छन्। 
 |  शनिबार, वैशाख ४, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख ४, २०७८

काठमाडौं- परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले संसद्ले बिजनेस रोक्न नमिल्ने बताएका छन्। 

आज सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग ज्ञवालीले सभामुखले तजबिजी अधिकार प्रयोग गरेर एमसीसी रोकिएको बताएका हुन्। 

‘त्यसलाई लामोसमयसम्म रोक्न मिल्दैन भन्नेमा सबै दलको सहमति छ,’ उनले भने, ‘त्यसलाई एउटा टुंगोमा पुर्‍याउनुपर्छ भन्ने सहमति भएको छ।’ 

एमसीसी पास गर्ने/नगर्ने संसद्ले गर्ने भन्दै उनले बिजनेस रोक्न भने नमिल्ने बताए। 

त्यस्तै राष्ट्रियताका सवालहरूमा र पछिल्लो समय राजनीतिक स्थिरतालाई खलबल्याउने राजनीतिक प्रणालीलाई कमजोर गर्ने विकृतिहरू देखिएको उनको भनाइ छ। ‘त्यसलाई निरुत्साहित गर्नुपर्छ भन्नेमा सबै साथीहरूको सहमति रहेको छ,’ उनले भने।

प्रकाशित: Apr 17, 2021| 08:04 शनिबार, वैशाख ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।