शुक्रबार, भदौ १२, २०८३

गाैरीफन्टा नाका दुई दिन सिल

भारतको उत्तर प्रदेशमा पञ्चायत चुनाव हुने भएपछि गौरीफन्टा नाका सिल गरिने भएको छ। 
 |  शनिबार, वैशाख ४, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख ४, २०७८

कैलाली - भारतको उत्तर प्रदेशमा पञ्चायत चुनाव हुने भएपछि गौरीफन्टा नाका सिल गरिने भएको छ। 

चुनावलाई मध्यनजर गर्दै कैलाली जिल्लासँग जोडिएको गौरीफन्टा नाकामा आइतबार बेलुकीदेखि सोमबार बेलुकीसम्म आवतजावत पूर्ण रूपमा बन्द रहने भएकाे हो। 

भारतको यूपीमा सोमबार दोश्राे चरणको पञ्चायत चुनाव हुँदैछ। दोस्राे चरणमा मुजफ्फरनगर, बागपत, गौतमबुद्ध नगर, बिजनौर, अमरोहा, बदायू, एटा, मैनपुरी, कन्नौज, इटावा, ललितपुर, चित्रकूट, प्रतापगढ, लखनऊ, लखीमपुर खीरी, सुल्तानपुर, गोन्डा, महाराजगञ्ज, वाराणसी र आजमगढ गरी २० जिल्लामा मतदान हुने बताइएकाे छ। 

निर्वाचनलाई मध्यनजर गरेर गौरीफन्टा नाका सिल गरिएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले बताए।

प्रकाशित: Apr 17, 2021| 08:11 शनिबार, वैशाख ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।