काठमाडौं- परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) नभएपनि देश नरोकिने बताएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठक सकिएपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै मन्त्री ज्ञवालीले यस्तो बताएका हुन्।
सर्वदलीय बैठकमा माओवादी केन्द्र सहभागी नभएपछि नेता ज्ञवालीले आक्रोश व्यक्त गरेका थिए।
'उहाँहरू किन आउनु भएन, त्यो उहाँहरूले जान्ने कुरा हो। उहाँहरूले थाहा पाउनुपर्छ- उहाँहरू (माओवादी केन्द्र) नभएपनि देश चाहिँ चल्छ,' मन्त्री ज्ञवालीले भने।
सर्वदलीय बैठकमा कोभिड, उपनिर्वाचन र एमसिसीलाई अघि बढाउने विषयमा छलफल भएको मन्त्री ज्ञवालीको भनाइ छ।
