शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सकियो ओलीले बोलाएको सर्वदलीय बैठक, उपनिर्वाचन, कोभिड र एमसिसीबारे छलफल

सकियो ओलीले बोलाएको सर्वदलीय बैठक, उपनिर्वाचन, कोभिड र एमसिसीबारे छलफल

बैठकपछि बाहिरिने क्रममा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बैठकमा कोभिड, उपनिर्वाचन, एमसिसीलगायतका विषयमा राष्ट्रिय सहमति बनाउनेबारे छलफल गरिएको बताए। 
 |  शनिबार, वैशाख ४, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख ४, २०७८

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठक सकिएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा नेपाली कांग्रेस, ओली पक्षीय नेकपा (एमाले), महन्थ ठाकुर पक्षीय जसपा, राष्ट्रिय जनामोर्चा र राप्रपाका नेताहरूको सहभागिता थियो। 

बैठकपछि बाहिरिने क्रममा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बैठकमा कोभिड, उपनिर्वाचन, एमसिसीलगायतका विषयमा राष्ट्रिय सहमति बनाउनेबारे छलफल गरिएको बताए। 

'बैठकमा कोभिड, उपनिर्वाचन, एमसिसीलगायतका विषयमा राष्ट्रिय सहमति बनाउने विषयमा छलफल भयो,' नेता पौडेलले भने।

कांग्रेसले तत्काल लकडाउन नगर्न सुझाव दिएको उनको भनाइ छ। 'सरकारहरू गम्भीर हुनुपर्‍यो। लकडाउनभन्दा रोकथामतिर जाऔँ। आइसोलेसन सिट बढाउनुपर्छ,' उनले भने, 'लकडाउन ठिक हुँदैन भनेर सुझाव दिएका छौँ।

राष्ट्रिय सभा नबोलाइएको र संसद्‍लाई अपांग बनाइएको विषयमा आफूहरूले प्रश्न गरेको उनको भनाइ छ। 

प्रकाशित: Apr 17, 2021| 07:37 शनिबार, वैशाख ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।