शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • माओवादीले बहिष्कार गरेको सर्वदलीय बैठकमा ओलीले भने- सभामुखले अराजक काम गर्दै छन्

माओवादीले बहिष्कार गरेको सर्वदलीय बैठकमा ओलीले भने- सभामुखले अराजक काम गर्दै छन्

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको सर्वदलीय बैठकमा प्रधानमन्त्री ओलीले यस्तो आरोप लगाएको बैठकमा सहभागी राप्रपा अध्यक्ष प्रकाशचन्द्र लोहनीले बताए।
 |  शनिबार, वैशाख ४, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख ४, २०७८

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले सभामुख अग्‍निप्रसाद सापकोटाले अराजक र अनैतिक काम गरेको आरोप लगाएका छन्।

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको सर्वदलीय बैठकमा प्रधानमन्त्री ओलीले यस्तो आरोप लगाएको बैठकमा सहभागी राप्रपा अध्यक्ष प्रकाशचन्द्र लोहनीले बताए।

'संसदले जे गर्नुपर्ने थियो त्यो गरेन। सभामुखले अराजक र अनैतिक काम गरिरहेका छन् भनेर उहाँले ती शब्दहरू प्रयोग गर्नु भयो,' अध्यक्ष लोहनीले भने। 

''जहाँसम्म सरकार र संसद्‍को कुरा छ, अब प्रधानमन्त्री आफै पनि १४ वर्ष झ्यालखाना बसेको र उहाँसँग काम गर्ने नेताहरु पनि त्यस्तै १०/१२ वर्ष संघर्ष गरेर आउनुभएका नेताहरु हुनुहुन्छ। त्यति बुझाउन सक्नुभएन भने लाजमर्दो कुरा हुन्छ’ भनेर हामीले भनेका छौँ,' बैठकपछि बाहिरिने क्रममा अध्यक्ष लोहनीले भने। 

ओलीले कोभिडको समस्याबारे पनि राय माग गरेका थिए। 

बैठकलाई माओवादी केन्द्रले भने बहिष्कार गरेको थियो। बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, मजदुर किसान पार्टीका प्रेम सुवाल, जनमोर्चाका हिमालाल पुरी र राप्रपाका प्रकाशचन्द्र लोहनीलगायतको उपस्थिति थियो। 

प्रकाशित: Apr 17, 2021| 07:11 शनिबार, वैशाख ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।