शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठक सुरु, को–को भए सहभागी ?

प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठक सुरु, को–को भए सहभागी ?

प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठक केहीबेर अघि बालुवाटारमा सुरु भएको छ। 
 |  शनिबार, वैशाख ४, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख ४, २०७८

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठक केहीबेर अघि बालुवाटारमा सुरु भएको छ। 

बैठकमा ओली, सुवासचन्द्र नेम्वाङ, उपप्रधानमन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार राजन भट्टराई सहभागी छन्। 

त्यस्तै कांग्रेसबाट सभापति शेरबहादुर देउवा, रामचन्द्र पौडेल, बिमलेन्द्र निधि, बालकृष्ण खाँड सहभागी छन्। जसपा अध्यक्ष महन्त ठाकुर र लक्ष्मणलाल कर्ण  पनि सहभागी छन्। 

बैठकमा माओवादी केन्द्रका अध्यक्षसहित कुनै नेता सहभागी छैनन्। एमालेका वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्रीद्वय माधव नेपाल र झलनाथ खनाल, जसपाका बाबुराम भट्टराई र उपेन्द्र यादव पनि सहभागी छैनन्।

मजदुर किसान पार्टीका प्रेम सुवाल, जनमोर्चाका हिमालाल पुरी र राप्रपाबाट प्रकाश्चन्द्र लोहनी, सहभागी रहेका छन्।

बैठकमा पछिल्लो राजनीतिक गतिविधि, बढ्दो कोरोना संक्रमण र हिउँदे अधिवेशन बन्द गरी बजेट अधिवेशन सुरु गर्ने सम्बन्धमा छलफल भइरहेको छ।

प्रकाशित: Apr 17, 2021| 06:26 शनिबार, वैशाख ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।