शुक्रबार, भदौ १२, २०८३

दाहाल र नेपालबीच कोटेश्वरमा गोप्य भेटवार्ता

नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एमालेका नेता माधवकुमार नेपालबीच गोप्य भेटवार्ता भएको छ।
 |  शनिबार, वैशाख ४, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख ४, २०७८

काठमाडौं - नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एमालेका नेता माधवकुमार नेपालबीच गोप्य भेटवार्ता भएको छ।

उच्च स्रोतका अनुसार उनीहरूबीच साढे ९ बजेदेखि कोटेश्वरको खरिबोटस्थित एक निवासमा भेटवार्ता भइरहेको हो।

नेता नेपाल निकट केन्द्रीय सदस्य पार्वती थापा तथा उनका श्रीमान चन्द्रलाल श्रेष्ठको निवासमा छलफल भइरहेको बताइएको छ।

भेटमा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ पनि सहभागी छन्।

श्रेष्ठको निवासमा यसअघि पनि पटक-पटक दाहाल र नेता नेपालबीच भेटवार्ता भएको थियो।

कर्णाली प्रदेशमा शुक्रबार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिने क्रममा नेता नेपाल निकटका चार सांसद्ले फ्लोर क्रस गरेर मतदान गरेका थिए। आजको भेटलाई पनि अर्थपूर्ण रूपमा हेरिएको छ।

प्रकाशित: Apr 17, 2021| 04:25 शनिबार, वैशाख ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।