शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोहलपुरमा टिपरसँग बस ठोक्कियो, ५ जनाको मृत्यु, ३० घाइते

कोहलपुरमा टिपरसँग बस ठोक्कियो, ५ जनाको मृत्यु, ३० घाइते

लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता राजेन्द्रसिंह खड्काका अनुसार सुर्खेतबाट ३९ जना यात्रु बोकेर छुटेको मे १ ख ३३४७ बस शुक्रबार बेलुका करिब ६ बजेतिर कोहलपुर नगरपालिका-१२ रोहिणी खोला नजिकै टिपरसँग ठोकिएको दुर्घटनामा परेको हो। 
 |  शुक्रबार, वैशाख ३, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख ३, २०७८

सुर्खेत- सुर्खेतबाट काठमाडौंतर्फ जाँदै गरेको यात्रुबाहक बस कोहलपुरमा टिप्परसँग ठोक्किएर दुर्घटना भएको छ। दुर्घटनामा परी कम्तीमा ५ जनाको मृत्यु भएको र ३० भन्दा बढी यात्रु घाइते भएको प्रहरीले जानकारी दिएको छ। 

लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता राजेन्द्रसिंह खड्काका अनुसार सुर्खेतबाट ३९ जना यात्रु बोकेर छुटेको मे १ ख ३३४७ बस शुक्रबार बेलुका करिब ६ बजेतिर कोहलपुर नगरपालिका-१२ रोहिणी खोला नजिकै टिपरसँग ठोकिएको दुर्घटनामा परेको हो। 

'दुर्घटनास्थलमा नै एक जनाको मृत्यु भएको थियो। उपचारका लागि अस्पताल लैजाने क्रममा थप चार जनाको पनि मृत्यु भएको छ,' प्रदेश प्रहरी कार्यालयका प्रवक्ता राजेन्द्रसिंह खड्काले भने। 

उनका अनुसार मृतक र घाइतेहरुको विवरण खुलेको छैन। घाइतेमध्ये ९ जनाको अवस्था गम्भीर छ। घाइतेहरू सबैको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ।

प्रकाशित: Apr 16, 2021| 15:55 शुक्रबार, वैशाख ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।