शुक्रबार, भदौ १२, २०८३

कर्णालीमा एमालेका ४ सांसदलाई २४ घण्टे स्पष्टीकरण

कर्णाली प्रदेशमा एमाले संसदीय दलको बैठकले ४ जना सांसदलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ। 
 |  शुक्रबार, वैशाख ३, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख ३, २०७८

सुर्खेत- कर्णाली प्रदेशमा एमाले संसदीय दलको बैठकले ४ जना सांसदलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ। 

शनिबार साँझ बसेको संसदीय दलको आकस्मिक बैठकले सांसदहरु प्रकाश ज्वाला, नन्दसिंह बुढा, अम्मरबहादुर थापा र कुर्मराज शाहीलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको सांसद दल रावलले जानकारी दिए। 

‘बैठकले फ्लोर क्रस गर्ने ४ जना सांसदलाई २४ घण्टे स्पष्टीकरण सोध्ने र कारबाहीका लागि केन्द्रलाई सिफारिस गर्ने निर्णय गरेको छ’ रावलले भने, ‘स्पष्टीकरणका आधारमा कस्तो खालको कारबाही गर्ने भन्ने विषय पार्टीले टुङ्गाउँछ।’ 

सांसदहरुलाई दलको विधान अनुसार २४ घण्टे स्पष्टीकरण सोधिएको तर कारबाहीको प्रकृति भने पार्टीको केन्द्रीय कमिटीले निर्णय लिने उनको भनाइ छ। स्पष्टीकरण सोधिएका चार जना सांसदले शुक्रबार कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका थिए।

यी ४ सांसदले विश्वासको मत नदिएको भए कर्णालीमा शाही नेतृत्वको सरकार ढल्ने निश्चित थियो भने एमालेले मुख्यमन्त्रीको उम्मेदवारका रुपमा यामलाल कँडेललाई अघि सारिसकेको थियो।

प्रकाशित: Apr 16, 2021| 14:31 शुक्रबार, वैशाख ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।