शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मुख्यमन्त्रीमा विश्वासको मत जुटाएपछि शाहीले भने- कर्णालीको समृद्धिलाई निरन्तरता दिन्छु

मुख्यमन्त्रीमा विश्वासको मत जुटाएपछि शाहीले भने- कर्णालीको समृद्धिलाई निरन्तरता दिन्छु

‘सरकार बहुमतमा छ भन्ने कुरा प्रदेशसभाले पुष्टि गरेको छ,’ उनले भने, ‘अब सरकारले विकास र समृद्धिको सपनालाई निरन्तरता दिएर अगाडि बढ्छ।’
 |  शुक्रबार, वैशाख ३, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख ३, २०७८

सुर्खेत- प्रदेशसभामा विश्वासको मत जुटाएपछि कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेशको विकास र समृद्धिको यात्रालाई निरन्तरता दिने बताएका छन्।

शुक्रबार प्रदेशसभामा विश्वासको मत लिएपछि सञ्चारकर्मीहरूसँग मुख्यमन्त्रीले यस्तो प्रतिक्रिया दिएका हुन्। 

‘सरकार बहुमतमा छ भन्ने कुरा प्रदेशसभाले पुष्टि गरेको छ,’ उनले भने, ‘अब सरकारले विकास र समृद्धिको सपनालाई निरन्तरता दिएर अगाडि बढ्छ।’

कर्णाली प्रदेश सरकार ५ वर्षका लागि निर्वाचित भएको तर्कसमेत उनले गरे। ‘कर्णाली प्रदेश सरकार ५ वर्षका लागि निर्वाचित भएको हो,’ मुख्यमन्त्री शाहीले भने, ‘देशको राजनीति बदलिइसकेपछि एमालेको समर्थन फिर्ता लिए पनि सरकार बहुमतमै छौँ भन्ने पुष्टि भयो।’

प्रकाशित: Apr 16, 2021| 13:55 शुक्रबार, वैशाख ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।