शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • एमाले संसदीय दलका प्रमुख सचेतक भन्छन्- गद्दारी गर्नेलाई कारबाही हुन्छ

एमाले संसदीय दलका प्रमुख सचेतक भन्छन्- गद्दारी गर्नेलाई कारबाही हुन्छ

‘हामीले संसदीय दलको बैठक बस्ने तयारी गरेका छौँ। केही समयमै चार जना सांसदलाई कारबाही हुन्छ,’ शाहले भने, ‘अराजनीतिक र अलोकतान्त्रिक काम गर्ने पार्टीको हितविपरीत गद्दारी गर्नेहरूलाई छिट्टै कारबाही हुन्छ।’
 |  शुक्रबार, वैशाख ३, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख ३, २०७८

सुर्खेत- नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले कर्णाली प्रदेशका ४ सांसदलाई कारबाही गर्ने तयारी गरेको छ। एमाले सांसदहरु प्रकाश ज्वाला, नन्दसिंह बुढा, अम्मरबहादुर थापा र कुर्मराज शाहीलाई कारबाही गर्ने तयारी भइरहेको एमाले संसदीय दलका प्रमुख सचेतक गुलाबजंग शाहले बताएका हुन्।

‘हामीले संसदीय दलको बैठक बस्ने तयारी गरेका छौँ। केही समयमै चार जना सांसदलाई कारबाही हुन्छ,’ शाहले भने, ‘अराजनीतिक र अलोकतान्त्रिक काम गर्ने पार्टीको हितविपरीत गद्दारी गर्नेहरूलाई छिट्टै कारबाही हुन्छ।’

४ जना सांसदहरूले शुक्रबार पार्टीको ह्विपविपरीत फ्लोर क्रस गरी कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका थिए। एमालेका ४ सांसदले फ्लोर क्रस गरी विश्वासको मत दिएपछि मुख्यमन्त्री शाहीको पद जोगिएको छ। अब उनी निरन्तर रूपमा मुख्यमन्त्री कायम रहनेछन्। 

प्रकाशित: Apr 16, 2021| 13:40 शुक्रबार, वैशाख ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।