शुक्रबार, भदौ १२, २०८३

प्रदेश १ मा ३३ कोरोना संक्रमित थपिए

प्रदेश १ मा शुक्रबार ३३ जना कोरोना संक्रमित थपिएका छन्। मोरङमा १८, झापामा ८, भोजपुरमा ३, सुनसरी र उदयपुरमा २–२ जना संक्रमित थपिएका छन्।
 |  शुक्रबार, वैशाख ३, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख ३, २०७८

विराटनगर- प्रदेश १ मा शुक्रबार ३३ जना कोरोना संक्रमित थपिएका छन्। मोरङमा १८, झापामा ८, भोजपुरमा ३, सुनसरी र उदयपुरमा २–२ जना संक्रमित थपिएका छन्।

मोरङको विराटनगरमा १४, बुढीगंगा, रंगेली, लेटाङ र उर्लाबारीमा १-१, झापाको विर्तामोडमा ३, शिवसताक्षी र कनकाईमा २-२, दमकमा १, भोजपुरको अरुणमा २ र भोजपुर नगरपालिकामा १ जना कोरोना संक्रमित थपिएका छन्।

यस्तै सुनसरीको इटहरी र हरिनगरमा १-१, उदयपुरको उदयपुरगढी र कटारीमा १-१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३० हजार ५६५ पुगेको छ। संक्रमित भएका मध्ये २९ हजार ८७८ संक्रमणमुक्त भएका छन्। सक्रिय संक्रमित २१५ पुगेका छन्। 

प्रदेश १ मा शुक्रबार २९४ जनाको पीसीआर परीक्षण गर्दा ११ महिला र २२ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो। हालसम्म २ लाख ३४ हजार ४५५ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। 

प्रकाशित: Apr 16, 2021| 12:18 शुक्रबार, वैशाख ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।