शुक्रबार, भदौ १२, २०८३

पछिल्लो २४ घण्टामा थपिए ९०० जना कोरोना संक्रमित

पछिल्लो २४ घण्टामा ९०० जना कोरोना संक्रमित थपिएका छन्।
 |  शुक्रबार, वैशाख ३, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख ३, २०७८

काठमाडौं- पछिल्लो २४ घण्टामा ९०० जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार १५८ जनाको पीसीआर परीक्षण गर्दा ९०० जना संक्रमित पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

योसँगै हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ८२ हजार ८९० जना पुगेको छ। पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४ जना छ। हालसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ हजार ७० पुगेको छ।

केही दिनयता कोरोना संक्रमितको संख्या बढ्दै गएको भए पनि पछिल्लो २४ घण्टामा केही महिनायताकै ठूलो संख्यामा संक्रमित थपिएका हुन्।

युके भेरियन्टको कोरोना संक्रमणसँगै मुलुकमा कोरोनाको दोस्रो लहर चलेको छ। छिमेकी मुलुक भारतमा पछिल्ला २ दिनयता २ लाखभन्दा बढी संख्यामा कोरोना संक्रमित थपिँदै आएका छन्।

प्रकाशित: Apr 16, 2021| 11:50 शुक्रबार, वैशाख ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।