शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोरोनाको जोखिम भए स्थानीय तहले विद्यालय बन्द गर्न सक्ने

कोरोनाको जोखिम भए स्थानीय तहले विद्यालय बन्द गर्न सक्ने

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय सञ्चालन वा बन्द गर्ने निर्णय स्थानीय तहले गर्न सक्ने बताएको छ।
 |  शुक्रबार, वैशाख ३, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख ३, २०७८

काठमाडौं- शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय सञ्चालन वा बन्द गर्ने निर्णय स्थानीय तहले गर्न सक्ने बताएको छ।

मन्त्रालयले नेपालमा कोरोना भाइरसको संक्रमण निरन्तर बढ्दै गएकाले स्थानीय तहले जोखिम मुल्याङ्कन गरी विद्यालय सञ्चालन तथा बन्द गर्ने निर्णय गर्नसक्ने बताएको हो।

मन्त्रालयका प्रवक्ता दीपक शर्माले शुक्रबार विज्ञप्ति जारी गर्दै कोरोना भाइरसको संक्रमण बढ्दै गएकाले विद्यालयमा अनावश्यक भिडभाड तथा उत्सव नगर्न आग्रहसमेत गरेका छन्।

‘स्थानीय तहको निर्णयअनुसार विद्यालय सञ्चालन वा तोकिएबमोजिम पुनः सञ्चालन गर्न विद्यालय सञ्चालन सम्बन्धि कार्यढाँचा २०७७ अनुसार तोकिएका विधि र प्रकृयाको पालना गर्ने र बन्द वा आंशिक रुपमा सञ्चालन भएका विद्यालयहरु विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका २०७७ अनुसार सिकाइलाई निरन्तरता दिन अनुरोध गरिन्छ’ मन्त्रालयको विज्ञप्तिमा भनिएको छ।

विद्यालय सञ्चालन गर्दा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र समबन्धित स्थानीय तहले निर्धारण गरेका स्वास्थ्य मापदण्डको पूर्णरुपमा परिपालना गर्नसमेत मन्त्रालयले आग्रह गरेको छ।

प्रकाशित: Apr 16, 2021| 10:15 शुक्रबार, वैशाख ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।