काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक डाकेका छन्। ओलीले शनिबार बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक डाकेका हुन्।
ओलीले समसामयिक राजनीति विषयमा छ्लफल गर्न बैठक बोलाएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। बैठकमा सहभागी हुन र त्यसैको निम्तो दिन दाहाललाई प्रधानमन्त्री ओलीले फोन पनि गरेका छन्।
