शुक्रबार, भदौ १२, २०८३

धेरै समयपछि ओलीको फोन आयो : दाहाल

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफूलाई प्रधानमन्त्री केपी शर्मा ओलीले धेरै समयपछि फोन गरेको बताएका छन्। 
 |  शुक्रबार, वैशाख ३, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख ३, २०७८

काठमाडौं– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफूलाई प्रधानमन्त्री केपी शर्मा ओलीले धेरै समयपछि फोन गरेको बताएका छन्। 

दाहालले शुक्रबार ललितपुरको कोन्जोसोम गाउँपालिका भवन उद्घाटन गर्न आयोजित सभालाई सम्बोधनका क्रममा प्रधानमन्त्रीले फोन गरेको जानकारी दिएका हुन्। 

दाहालले भने, ‘म बस्दै गर्दा प्रधानमन्त्री केपी ओलीको फोन आयो मलाई, धेरै समयपछि।’ सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रलाई साविकको अवस्थामा फर्काइदिएपछि ओली र दाहालबीच भेटवार्ता भएको छैन। 

दाहालले भने, ‘मलाई थाहा छैन, राम्रो हो कि नराम्रो हो, धेरै समयपछि उहाँको फोन आयो।’ उनले गाउँपालिकाको पूर्वाधार विकासमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने पनि बताए।

प्रकाशित: Apr 16, 2021| 08:56 शुक्रबार, वैशाख ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।