शनिबार, असोज १०, २०८३

भन्सार प्रतिनिधिकै मिलेमतोमा राजश्व छली

राजश्व अनुसन्धान विभागका अनुसार भन्सार प्रतिनिधि रामबाबु जमकटेलको मिलेमतोमा राजश्व छली भइरहेको पाइएको हो। 
 |  शुक्रबार, वैशाख ३, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख ३, २०७८

काठमाडौं - भन्सार प्रतिनिधिकै मिलेमतोमा राजश्व छली भइरहेको पाइएको छ।

राजश्व अनुसन्धान विभागका अनुसार भन्सार प्रतिनिधि रामबाबु जमकटेलको मिलेमतोमा राजश्व छली भइरहेको पाइएको हो। 

विभागका अनुसार त्रिपुरेश्वरस्थित ओम सर्जिकल कन्सर्न प्रालिका सञ्चालक दलबहादुर भण्डारीसहीत जमकटेलले आपसी मिलेमतोमा कागजात बनाएर राजश्व छली गर्ने गरेको पाइएको हो। 

गलत कागजात बनाएर राजश्व छली गरेको पाइएपछि विभागले जमरकट्टेल र भण्डारीसहीत ४ जनाविरुद्ध राजश्व छलीको अभियोगमा मुद्दा दायर गरेको जानकारी दिएको छ। 

विभागले बिहीबार पाटन उच्च अदालतमा १ करोड ६ लाख ७२ हजार रुपैयाँ बराबरको विगोदावीसहीत जरिवाना र कैदको साजाय माग गर्दै मुद्दा दायर गरेको जानकारी दिएको छ।

प्रकाशित: Apr 16, 2021| 07:31 शुक्रबार, वैशाख ३, २०७८
प्रतिक्रिया दिनुहोस्