शुक्रबार, भदौ १२, २०८३

भेरी अस्पतालमा एक वर्ष यताकै उच्च संक्रमण पुष्टि

भेरी अस्पताल प्रयोगशाला नेपालगन्जमा पछिल्लो २४ घण्टामा परीक्षण गरिएका स्वाबमध्ये झण्डै ७० प्रतिशतमा कोभिड-१९ पोजिटिभ देखिएको छ। 
 |  शुक्रबार, वैशाख ३, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख ३, २०७८

काठमाडौं - भेरी अस्पताल प्रयोगशाला नेपालगन्जमा पछिल्लो २४ घण्टामा परीक्षण गरिएका स्वाबमध्ये झण्डै ७० प्रतिशतमा कोभिड–१९ पोजिटिभ देखिएको छ। 

अस्पतालका अनुसार नेपालमा कोरोना संक्रमण सुरु भएदेखिकै सबैभन्दा धेरै संक्रमित भेटिएको यो पहिलोपटक हो। 

अस्पतालमा १८३ वटा नमुना परीक्षण गर्दा १२७ जनामा कोभिड–१९ को संक्रमण पुष्टि भएको छ, जुन पोजेटिभिटी रेट ६९.४ प्रतिशत हुन आउँछ। ‘एकै दिन यति धेरै संख्यामा संक्रमित पहिचान भएको विगत एक वर्षमा यो पहिलो पटक हो,’ अस्पताल प्रयोगशालाले भनेको छ, ‘यसले कोभिड–१९ को संक्रमण समुदायस्तरमा व्यापकरूपमा फैलिसकेको इंगित गर्छ।’ 

यही क्रममा संक्रमण फैलिने हो भने गम्भीर बिरामीहरूको संख्या बढ्ने र बिरामीको चाप थेग्न मुस्किल हुने अस्पतालले भनेको छ। 

संक्रमणलाई थप फैलिन नदिन सरकारले अनुरोध गरेबमोजिमका सुरक्षाका मापदण्डहरूको पूर्ण पालना गर्न अस्पतालले अनुरोध गरेको छ। 

भेरी अस्पतालमा कोभिड–१९ पोजिटिभ देखिएका अधिकांश बाँकेका छन्। बाँकेमा मात्रै ९६ जनामा संक्रमण पुष्टि भएकाे छ।

प्रकाशित: Apr 16, 2021| 07:17 शुक्रबार, वैशाख ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।