काठमाडौं – काठमाडौं महानगरपालिकाले कोरोना संक्रमण देखिएका विद्यालय एक साता बन्द गर्न निर्देशन दिएको छ।
महानगरपालिका शिक्षा विभागले सूचना जारी गर्दै कोरोना संक्रमणको जोखिम बढ्दै गएकाले एक हप्ता बैकल्पिक माध्यमबाट पढाउने र संक्रमण नदेखिएका विद्यालयमा स्वास्थ्यको मापदण्ड पालना गरेर सञ्चलन गर्न आग्रह गरेको हो।
संक्रमण देखिएका विद्यालयलाई अर्को सूचना जारि नभएसम्म कम्तिमा एक हप्ता बन्द गर्न महानगरले निर्देशन दिएको छ। बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमण बढेकाले विद्यालय नजान आग्रह गरेपछि महानगरले संक्रमण देखिएका विद्यालय मात्र बन्द गर्ने निर्णय गरेको हो।

