शुक्रबार, भदौ १२, २०८३

युनाइटेडले युरोपा लिगको उपाधि जित्छ : सोल्सायर

युरोपा लिगको अन्तिम चारमा पुगेपछि म्यानचेस्टर युनाइटेडका प्रशिक्षक ओले गनर सोल्सायरले आफ्नो कार्यकालमा युनाइटेडबाट फाइनल पुग्नका लागि एक खुड्किलो बाँकी रहेको बताएका छन्।
 |  शुक्रबार, वैशाख ३, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख ३, २०७८

काठमाडौं - युरोपा लिगको अन्तिम चारमा पुगेपछि म्यानचेस्टर युनाइटेडका प्रशिक्षक ओले गनर सोल्सायरले आफ्नो कार्यकालमा युनाइटेडबाट फाइनल पुग्नका लागि एक खुड्किलो बाँकी रहेको बताएका छन्।

युनाइटेडले बिहीबार रातिको खेलमा ग्रानाडालाई पराजित गर्दै युरोपा लिगको सेमिफाइनलमा स्थान सुरक्षित गरेको थियो। अब उसले सेमिफाइनलमा रोमासँग प्रतिस्पर्धा गर्नेछ।

युनाइटेड पछिल्लो पटक २०१७ मा फाइनलमा पुगेसँगै उपाधि पनि जितेको थियो। तर, त्यसअघि चारपटक सेमिफाइनलको यात्रा गरेको युनाइटेडले फाइनल यात्रा तय गर्न सकेको थिएन।

‘फाइनलमा जाने अवसरलाई हामी खेर जान दिने छैनौं,’ क्वार्टरफाइनलमा ग्रानाडालाई ४-० ले हराएपछि सोल्सायरले भने, ‘अब टिमको नयाँ गन्तव्य भनेको फाइनल पुग्नु र उपाधि जित्नु हो। यसले हाम्रा खेलाडीलाई नयाँ ऊर्जा दिनेछ।’

तर, सेमिफाइनलमा रोमाको चुनौती कडा हुन सक्ने सोल्सायरको अनुमान छ। 

उनी भन्छन्, ‘मैले रोमाको खेल त्यति मजाले हेरेको छैन। तर, मलाई थाहा छ उनीहरूले आयाक्ससँग उत्कृष्ट खेले। र, जित निकाले।’

उनले आफ्नो सेमिफाइनल खेललाई ‘प्रोपर युरोपियन टाइ’को रूपमा व्याख्या गर्नुपर्ने बताएका छन्। ‘युनाइटेडको फुटबलमा आफ्नै इतिहास छ। इटालीमा रोमाको पनि त्यस्तै विगत छ। तर, हामीले पहिले इटालियन साइडसँग राम्रो खेलेका छौं तर यो प्रोपर युरोपियन टाइ हो।’

युनाइटेडले गएराति ग्रानाडाविरुद्ध दुई गोल गरेसँगै जारी सिजनका सबै प्रतियोगितामा १०० गोल पूरा गरेको छ।

प्रकाशित: Apr 16, 2021| 06:14 शुक्रबार, वैशाख ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।