शनिबार, असोज १०, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • रु रु जलविद्युतकाे आईपीओ बाँडफाँट, यसरी हेर्नुहोस् नतिजा

रु रु जलविद्युतकाे आईपीओ बाँडफाँट, यसरी हेर्नुहोस् नतिजा

रु रु जलविद्युत परियोजनाको आज आईपीओ बाँडफाँट गरिएको छ। 
 |  शुक्रबार, वैशाख ३, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख ३, २०७८

काठमाडौं - रु रु जलविद्युत परियोजनाको आज आईपीओ बाँडफाँट गरिएको छ। 

एनएमबी क्यापिटल बिक्री प्रबन्धक रहेको आईपीओमा ३७ हजार ९१६ जना आवेदकले १० कित्ताका दरले शेयर पाएका छन्। गोलाप्रथाबाट शेयर बाँडफाँड गरिएको थियो। 

बाँकी रहेको सात कित्ता शेयर भने १० भन्दा बढी आवेदन दिएकामध्येबाट ७ जनालाई एक–एक कित्ताका दरले थप गरिएको छ। 

गोलाप्रथामा १५ लाख ९० हजार ८९६ आवेदनलाई सहभागी गराइएको थियो। आठ हजार ५३५ आवेदन रद्द भएको थियो। 

परियोजनाले चैत २० देखि २४ गतेसम्म प्रतिकित्ता १२० रूपैयाँका दरले कुल चार लाख सात हजार ७०६ कित्ता आईपीओ निष्काशन गरेको थियो। 

सोमध्ये आठ हजार १५४ कित्ता कर्मचारी र २० हजार ३८५ कित्ता म्युचुअल फन्डहरूलाई छुट्याइएको थियो। बाँकी तीन लाख ७९ हजार १६७ कित्ता सर्वसाधारणलाई बिक्री गरिएको थियो। आईपीओको नतिजा एनएमबी क्यापिटलको वेबसाइट र मेरो शेयरबाट हेर्न सकिने छ। 

प्रकाशित: Apr 16, 2021| 04:41 शुक्रबार, वैशाख ३, २०७८
प्रतिक्रिया दिनुहोस्