शुक्रबार, भदौ १२, २०८३

बुटवलमा हत्या गरेर बागलुङमा शव पुरेपछि...

बुटवलबाट बसको डिक्कीमा सुटकेसभित्र शव राखेर बागलुङको ढोरपाटन ल्याउनु भनेको निकै जटिल भएकाले हत्यारा निकै चलाख र पेशेवरसमेत भएको देखिन्छ।
 |  शुक्रबार, वैशाख ३, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख ३, २०७८

गलकोट - बुधबार दिउँसो बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका–२ रिनाम भन्ने स्थानमा गाडिएको अवस्थामा प्रहरीले वेवारिसे अधबैँसे पुरुषको शव फेला पार्‍यो। घटनाको प्रकृति हेर्दा हत्या गरेर गाडेको हुन सक्ने भन्दै बागलुङ प्रहरीले अनुसन्धानलाई बुधबारबाटै अगाडि बढायो। 

शवको पहिचान नभएका कारण प्रहरीले देशभर सम्पर्कविहीन भएका मानिसको अवस्थाको विषयमा बुझ्न थाल्यो। प्रहरीलाई मृतकले लगाएको कपडाभित्रका कागजातले अनुसन्धानमा निकै सहज बनायो। 

वेवारिसे शवका विषयमा सबैतिर जानकारी गराउँदा बुटवलबाट एक युवक चैत्र ४ गतेदेखि हराएको सूचना बागलुङ प्रहरीमा आएपछि अनुसन्धानको दायरा साँघुरिँदै आयो। बुटवलमा हराएको युवाका आफन्त बिहीबार बागलुङ आएपछि अन्ततः शवको पहिचान खुल्यो। 

ढोरपाटन–२ रिनाममा गाडिएको अवस्थामा फेला परेको शव नवलपरासी जिल्लाको देवचुली नगरपालिका–३ केवरानीका नारायण बस्यालको रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इकवाल हवारीले जानकारी दिए। 

बुटवलमा व्यवसाय गर्दै आएका बसेल चैत ४ गते रातिदेखि सम्पर्कविहीन भएका थिए। 'प्रारम्भिक अनुसन्धानबाट बुटवलमा हत्या गरी शव लुकाउन बागलुङ ल्याएको देखिन्छ', सूचना अधिकारी हवारीले भने, 'शवसँगै भएको व्यावसायिक कागजातका आधारमा अनुसन्धान गर्दा व्यवसायमा साझेदारी गर्दै आएका ढोरपाटन–२ रिनाम घर भई बुटवलमा बस्यालसँगै व्यवसाय गर्ने  मित्रलाल खनाललाई इलाका प्रहरी कार्यालय बुटवले बिहीबार पक्राउ गरेको छ, आर्थिक लेनदेनका कारण हत्या गरेको स्वीकार गरे पनि एक्लैले हत्या गरी शव बागलुङ ल्याउन मुस्किल हुन्छ, थप अनुसन्धान भइरहेको छ।'

 हवारीका अनुसार बुटवल प्रहरी र बागलुङ प्रहरीले समन्वयमा अनुसन्धान गरिरहेका छन्। अन्य मानिससमेत शङ्काको घेरामा रहेको उनले बताए। उनले हत्यामा सम्लग्न एक जना फरार रहेको बताए।

'हत्यामा कुनै पेशेवर अपराधीसमेत संलग्न भएको हुनसक्छ, बुटवलमा हत्या गरी शव सुटकेसमा राखेर बस चढेर बागलुङस्थित ढोरपाटन–२ रिनाम ल्याएर गाडेको अनुसन्धानबाट देखिन्छ', उनले भने,  'हत्या सुनियोजित भएको हुँदा एक्लैले सम्भव देखिँदैन, अन्य कुरा थप अनुसन्धाबाटै खुल्ला।' साझेदारीमा व्यवसाय गर्दा आर्थिक विवाद भएकाले हत्या गरेर शव लुकाउन बागलुङ ल्याएको प्रारम्भिक अनुसन्धानबाट खुलिसकेको छ। 

बुटवलबाट बसको डिक्कीमा सुटकेसभित्र शव राखेर बागलुङको ढोरपाटन ल्याउनु भनेको निकै जटिल भएकाले हत्यारा निकै चलाख र पेशेवरसमेत भएको देखिन्छ। गाडिएको अवस्थामा फेला परेको बेवारिसे शव दुर्घन्धित हुँदै गएपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेपछि घटना बाहिर आएको हो। रासस 

प्रकाशित: Apr 16, 2021| 02:11 शुक्रबार, वैशाख ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।