काठमाडौं - १४औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल)को बिहीबार राति सम्पन्न खेलमा राजस्थान रोयल्सले दिल्ली क्यापिटलविरुद्ध तीन विकेटको जित निकालेको छ।
टस हारेर ब्यााटिङको निम्तो पाएको दिल्लीले पूरा ओभर खेल्दै आठ विकेटको क्षतिमा १४७ रन बनाएको थियो। दिल्लीका कप्तान ऋषभ पन्तले ५२ रन बनाए भने टोम कुरनले २१ र ललित यादवले २० रन जोडे।
राजस्थानका जयदेज यनद्कडले तीन विकेट लिँदा मुस्तफिजुर रहमानले दुई र क्रिस मोरिसले एक विकेट लिए। जवाफी ब्याटिङमा दुई बल बाँकी रहँदै सात विकेट गुमाएर १५० रन बनाएपछि राजस्थानले जित निकालेको थियो।
राजस्थानको जितका लागि डेबिड मिल्नरले सर्वाधिक ६२ रन बनाए भने क्रिस मोरिसले ३६ र राहुल तवतियाले १९ रन जोडे। दिल्लीका अवेश खाटनले राजस्थानको तीन विकेट गराउँदा क्रिस वोक्स र कागिसो रबाडाले समान २–२ विकेट लिए।
यससँगै राजस्थानले दुई खेलबाट दुई अंक जोडेको छ।
