शुक्रबार, भदौ १२, २०८३

काठमाडौं तीव्र गतिमा हुरीबतास

तीव्र हुरीबतासबाट उपत्यकाको जनजीवन प्रभावित बनेको छ। यसबाट क्षतिको आकलन गरिएपनि विवरण प्राप्त भएको छैन।  
 |  बिहीबार, वैशाख २, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २, २०७८

काठमाडौं- काठमाडौं उपत्यकामा तीव्र गतिमा हुरीबतास चलेको छ। बिहीबार रात‍ि ९:१० बजेदेखि हावाहुरी सुरु भएको हो। 

तीव्र हुरीबतासबाट उपत्यकाको जनजीवन प्रभावित बनेको छ। यसबाट क्षतिको आकलन गरिएपनि विवरण प्राप्त भएको छैन।

मौसम पूर्वानुमान महाशाखाले पनि हावाहुरीको संभावनाबारे उल्लेख गरेको थिएन। वैशाख २ गते (बिहीबार) बिहान ६ बजे महाशाखाले गरेको अनुमानअनुसार बिहीबार राति पहाडी भूभागका एकदुई स्थानमा मघगर्जन र क्षणिक हल्का वर्षाको सम्भावनाबारे उल्लेख गरिएपनि हावाहुरीबारे उल्लेख थिएन। 

'देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। देशका पहाडी भू-भागका एक दुई  स्थानमा मेघगर्जन/चट्टयाङ्ग सहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेको छ,' बिहीबार रातीका लागि गरिएको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख थियो। 

प्रकाशित: Apr 15, 2021| 15:45 बिहीबार, वैशाख २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।