शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • जसपासँग प्रधानमन्त्री ओलीले भने- तपाईंहरूका मुद्दामा काम गरिरहेको छु 

जसपासँग प्रधानमन्त्री ओलीले भने- तपाईंहरूका मुद्दामा काम गरिरहेको छु 

प्रधानमन्त्री केपी शर्मा ओलीले जनता समाजवादी पार्टीले उठाएका मुद्दामा काम गरिरहेको प्रतिक्रिया दिएका छन्। बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा प्रधानमन्त्री ओलीले जसपाका मुद्दामा काम भइरहेकाले सत्ता सहकार्य गर्न आग्रह गरेका थिए। 
 |  बिहीबार, वैशाख २, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २, २०७८

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले जनता समाजवादी पार्टीले उठाएका मुद्दामा काम गरिरहेको प्रतिक्रिया दिएका छन्। बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा प्रधानमन्त्री ओलीले जसपाका मुद्दामा काम भइरहेकाले सत्ता सहकार्य गर्न आग्रह गरेका थिए। 

'प्रधानमन्त्रीसँग छलफल भयो। प्रधानमन्त्रीले हाम्रा मुद्दाका विषयमा काम भइरहेको बताउनु भयो। सरकारमा सहभागी हुन आग्रह गर्नुभयो। हाम्रा मुद्दामा भएका कामको परिणाम आएको छैन,' बैठकमा सहभागी एक नेताले भने, 'सरकारमा सहभागी हुनेबारे हाम्रा मुद्दामा काम भएर परिणाम आएपछि छलफल गरौँला भनेका छौँ।'

थुनामा रहेका आफ्ना नेता कार्यकर्ताहरूलाई रिहाइ गर्न जसपाले माग गर्दै आएको छ। निलम्बित सांसद रेशम चौधरीबाहेक २ सयभन्दा बढी आफ्ना नेताकार्यकर्ताहरूलाई थुनामा राखिएको जसपाले बताउँदै आएको छ। 

आफ्ना मागमा सम्बोधन भए सत्ता सहकार्य गर्न सकिने जसपा अध्यक्ष महन्थ ठाकुर पक्षको भनाइ छ। तर जसपाकै अर्का अध्यक्ष उपेन्द्र यादव र नेता डा बाबुराम भट्टराई भने ओलीसँग सत्ता सहकार्य गर्न नहुने बताउँदै आएका छन्। 

यस्तै आफूहरूका मुद्दाका विषयमा सरकारसँग छलफल गर्नका लागि जसपाले गठन गरेको कार्यदलको समेत बैठक बिहीबार नै बसेको थियो। बैठकले हालसम्मका काम समीक्षा गरेको बताइएको छ। सरकारले काम अघि बढेको बताएपनि पनि परिणाम नआएको जसपा कार्यदलको ठहर छ। 

जसपालाई सत्तारोहण गराएर आफ्नो सरकार टिकाउनका लागि प्रधानमन्त्री ओली प्रयासरत छन्। 

प्रकाशित: Apr 15, 2021| 14:46 बिहीबार, वैशाख २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।