काठमाडौँ- हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल) को प्रमुख कार्यकारी अधिकृत (सिइओ) अर्जुनकुमार गौतमलाई सिफारिस गरिएको छ।
सरकारले गठन गरेको सिइओ सिफारिस समितिको प्रस्ताव बमोजिम कम्पनीको बुधबार बसेको बैठकले गौतमलाई नियुक्तिका लागि सिफारिस गरेको हो।
ऊर्जा, जलस्रोत तथा सिँचाइ सचिव दिनेशकुमार घिमिरेको संयोजकत्वमा लोक सेवा आयोगका सहसचिव तोयनारायण सुवेदी, अर्थ मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरे, नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका अध्ययन निर्देशक विनोदकुमार विष्ट र त्रिभुवन विश्वविद्यालयका प्राध्यापक भवानीशंकर आचार्य सम्मिलित सिफारिस समिति गठन भएको थियो।
एचआइडिसिएलको सिइओ पदका लागि ९ जनाको आवेदन परेको थियो। तर समितिले गौतमलाई छानी सिफारिस गरेका हुन्।
जनप्रशासनमा एफफिल गरेका उनीसँगै कम्पनीकै पूर्व सिइओ छवीराज पोखरेल, कम्पनीकै उपमहाप्रबन्धक अरुण रजौजिया, सुर्यप्रसाद अधिकारी, सुरज लामिछाने, रामहरी ढकाल, डा.भेषराज थापा, विनोद देवकोटा र सुधिर ज्ञवालीले आवेदन दिएका थिए।
पूर्व सिइओ पोखरेल भने वैकल्पिक उम्मेदवार बनेका छन्।
