शनिबार, असोज १०, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • चैतमा निक्षेपभन्दा ४४ अर्ब बढी कर्जा प्रवाह, 'क्रेडिट क्रन्च'को सम्भावना

चैतमा निक्षेपभन्दा ४४ अर्ब बढी कर्जा प्रवाह, 'क्रेडिट क्रन्च'को सम्भावना

यसरी निक्षेपभन्दा कर्जा प्रवाह बढी हुन थालेपछि बैंकहरुमा क्रेडिट क्रन्चको अवस्था सिर्जना हुने बैंकर्स संघका अनील शर्मा बताउँछन्। ‘निक्षेपको तुलनामा कर्जा प्रवाह बढ्न थालेपछि स्वतः बैंकहरुसँग रिजर्भ रकम सकिँदै गएर क्रेडिट क्रन्चको अवस्था सिर्जना हुन सक्छ,’ उनले भने। 
 |  बिहीबार, वैशाख २, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २, २०७८

काठमाडौँ- वित्तीय बजारमा कर्जा दिन चाहिने रकम अभाव (क्रेडिट क्रन्च) हुन सक्ने देखिएको छ। नेपाल बैंकर्स संघ (एनबिए)को तथ्यांकअनुसार वाणिज्य बैंकहरूमा क्रेडिट क्रन्च हुने देखिएको हो। 

संघका अनुसार गत चैत महिनामा मात्र वाणिज्य बैंकहरूबाट निक्षेपभन्दा ४४ अर्ब रुपैयाँ बढी कर्जा प्रवाह भएको छ। गत चैतमा वाणिज्य बैंकहरुले ११८ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका थिए। चैतमा कर्जा प्रवाह भने १ खर्ब ६२ अर्ब रुपैयाँ भएको छ।

यसरी निक्षेपभन्दा कर्जा प्रवाह बढी हुन थालेपछि बैंकहरुमा क्रेडिट क्रन्चको अवस्था सिर्जना हुने बैंकर्स संघका अनील शर्मा बताउँछन्। ‘निक्षेपको तुलनामा कर्जा प्रवाह बढ्न थालेपछि स्वतः बैंकहरुसँग रिजर्भ रकम सकिँदै गएर क्रेडिट क्रन्चको अवस्था सिर्जना हुन सक्छ,’ उनले भने। 

नेपाल राष्ट्र बैंकले भने क्रेडिट क्रन्चको अवस्था सिर्जना नहुने दाबी गरेको छ। राष्ट्र बैंकका अनुसार हाल बैंक तथा वित्तीय संस्थासँग ३४ अर्ब रुपैयाँ बराबरको तरलता रहेकाले तत्काल क्रेडिट क्रन्च हुँदैन। 

तर हाल भएको तरलताले एक हप्ता पनि राम्रोसँग नधान्ने बैंकर्सहरु बताउँछन्। पुँजीगत खर्च बढ्ने र बैंकहरुको तरलतामा पनि वृद्धि हुने अनुमान गर्दै आएका बैंकहरुलाई अब भने क्रेडिट क्रन्चको अवस्था सिर्जना हुने त्रासमा छन्। 

सरकारले सोचेअनुसार पुँजीगत खर्च नभएको र रेमिट्यान्स पनि अपेक्षाकृत नआएकाले बैंकर्सहरूले कर्जा दिने रकम अभाव हुन सक्ने भन्दै चिन्ता व्यक्त गर्न थालेका हुन्।

पछिल्लो समयमा क्रेडिट क्रन्चको सम्भावनालाई दृष्टिगत गरी बैंकहरुले निक्षेप बढाउन विभिन्न स्किम ल्याएर सर्वसाधारणको रकम आकर्षित गरिरहेका छन्।

प्रकाशित: Apr 15, 2021| 13:54 बिहीबार, वैशाख २, २०७८
प्रतिक्रिया दिनुहोस्