शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • संवादको वातावरण बनोस् भनेर प्रदेशसभा अधिवेशन अन्त्य गरेको हुँ : मुख्यमन्त्री गुरुङ

संवादको वातावरण बनोस् भनेर प्रदेशसभा अधिवेशन अन्त्य गरेको हुँ : मुख्यमन्त्री गुरुङ

‘केही समय दलहरुबीच छलफल गर्न सकियोस् भनेर संसद अन्त्य गरेको हो। अविश्वासको प्रस्तावबाट मैले भाग्न खोजेर अन्त्य गरेको होइन,’ उनले भने, ‘छलफलका लागि समय मिलोस् र केही सहमति होस् भन्ने चाहना हो।’
 |  बिहीबार, वैशाख २, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २, २०७८

काठमाडौं- गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले राजनीतिक दलहरूबीच आपसी संवादको वातावरण बनोस् भनेर प्रदेशसभा अधिवेशन अन्त्यको सिफारिस गरिएको प्रष्टीकरण दिएका छन्। पोखरामा सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै मुख्ममन्त्री गुरुङले यस्तो बताएका हुन्। 

‘केही समय दलहरुबीच छलफल गर्न सकियोस् भनेर संसद अन्त्य गरेको हो। अविश्वासको प्रस्तावबाट मैले भाग्न खोजेर अन्त्य गरेको होइन,’ उनले भने, ‘छलफलका लागि समय मिलोस् र केही सहमति होस् भन्ने चाहना हो।’

उनले सबै दलका नेताहरूसँग अहिले निरन्तर संवाद र छलफल भइरहेको भन्दै सहमतिको वातावरण बन्ने सम्भावना देखेको दाबी गरे। ‘सहमतिको खोजी गर्ने हो। नभए अविश्वासको प्रस्तावमा मतदान गरेर टुंगोमा पुग्ने त छँदैछ,’ उनले भने, ‘भोलि काठमाडौं जाँदैछु। मेरो हैसियत पुग्ने अन्य पार्टीका केन्द्रीय नेताहरुसँग कुराकानी गर्छु।’ 

प्रधानमन्त्री केपी शर्मा ओलीसँगको रिस आफूमाथि पोख्न खोजिएको आरोपसमेत लगाए।

‘केपी ओलीसँगको रिस ममाथि पोख्नु त भएन नि! यसले प्रदेशको विकास कसरी हुन्छ?,’ उनले भने, ‘सक्ने भए त संघको सरकार हटाएर देखाए भयो नि! अब केपी ओलीको समूहमा म छु भनेर दोष पनि थोपर्न त भएन नि!’

प्रकाशित: Apr 15, 2021| 12:02 बिहीबार, वैशाख २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।