सुर्खेत- माओवादी केन्द्र संसदीय दलले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको पक्षमा मतदान गर्न दिन अपिल गरेको छ।
माओवादी संसदीय दलका प्रमुख सचेतक सीता कुमारी नेपालीले बिहीबार विज्ञप्ति जारी गर्दै मुख्यमन्त्रीलाई विश्वासको मतको प्रस्तावका पक्षमा मतदान गर्न सबै राजनीतिक दललाई अपिल गरेकी हुन्।
कर्णाली प्रदेशसभाको सातौं अधिवेशन भोलि (शुक्रबार) दिउँसो २ बजेका लागि बोलाइएको छ। अधिवेशनमा मुख्यमन्त्री शाहीले विश्वासको मत लिने कार्यतालिका छ। चैत ५ गतेदेखि एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिईसकेको छ।
३९ सदस्यीय प्रदेशसभामा माओवादीका १२, एमालेका सभामुखसहित २०, कांग्रेसका ६ र राप्रपाका १ जना मात्रै सांसद छन्। वर्तमान सरकारको निरन्तरताका लागि मुख्यमन्त्रीलाई २० जना सांसदको समर्थन आवश्यक पर्छ।
