शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • केपी ओलीसँगको रिस ममाथि पोख्न खोजियो : मुख्यमन्त्री गुरुङ

केपी ओलीसँगको रिस ममाथि पोख्न खोजियो : मुख्यमन्त्री गुरुङ

 |  बिहीबार, वैशाख २, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २, २०७८

पोखरा- गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीसँगको रिस आफूमाथि पोख्न खोजिएको आरोप लगाएका छन्। पोखरामा सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै मुख्ममन्त्री गुरुङले यस्तो आरोप लगाएका हुन्। 

‘केपी ओलीसँगको रिस ममाथि पोख्नु त भएन नि! यसले प्रदेशको विकास कसरी हुन्छ?,’ उनले भने, ‘सक्ने भए त संघको सरकार हटाएर देखाए भयो नि! म केपी ओलीको समूहमा छु भनेर दोष पनि थोपर्न त भएन नि!’

मुख्यमन्त्री गुरुङले दलहरुबीच सघन रूपमा केही दिन संवादको वातावरण बनोस् भन्नका लागि आफूले अधिवेशन अन्त्यको सिफारिस गरेकोसमेत प्रष्टीकरण दिएका छन्। 

‘केही समय दलहरुबीच छलफल गर्न सकियोस भनेर संसद अन्त्य गरेको हो। अविश्वासको प्रस्तावबाट मैले भाग्न खोजेर अन्त्य गरेको होइन्,’ उनले भने, ‘छलफलका लागि समय मिलोस् र केही सहमति होस् भन्ने चाहना हो।’

उनले सबै दलका नेताहरूसँग अहिले निरन्तर संवाद र छलफल भइरहेको भन्दै सहमतिको वातावरण बन्ने सम्भावना देखेको दाबी गरे। 

‘सहमतिको खोजी गर्ने हो। नभए अविश्वासको प्रस्तावमा मतदान गरेर टुंगोमा पुग्ने त छँदैछ,’ उनले भने, ‘भोलि काठमाडौं जाँदैछु। मेरो हैसियत पुग्ने अन्य पार्टीका केन्द्रीय नेताहरुसँग कुराकानी गर्छु।’ 

प्रदेश सरकारप्रतिको दृष्टिकोण के हो भन्ने विषयमा पनि जान्ने अवसर मिल्ने भन्दै उनले आफूले भ्रष्टाचार गरेको वा संघीयताविरोधी काम गरेको आरोपमा हटाउन खोजिएको गुनासो समेत गरेका थिए। 

काम र गतिविधिका हिसाबले अन्य प्रदेशहरुका तुलनामा राम्रो काम गरेको दाबी गर्दै उनले गण्डकीमा सरकारको विकल्प खोज्नु आवश्यक नरहेको टिप्पणी गरे। 

‘कांग्रेस त प्रतिपक्षी हो। उसको धर्म नै हो। दुई वामपन्थी पार्टीले केन्द्रमा सरकारलाई दिएको समर्थन फिर्ता नलिएको अवस्थामा प्रदेशमा किन खेल्न खोजियो,’ उनले भने, ‘चित्रबहादुर केसीजी वामपन्थीको सरकार बनोस् भन्ने कामना रहेको भन्नु भएको छ। तर प्रदेशमा किन यस्तो गरियो?’

उनले गण्डकीका प्रदेश प्रमुख अमिक शेरचनको प्रशंसामा समेत समय खर्चिएका थिए। विशेष अधिवेशन माग गरेको विषयमा प्रदेश प्रमुखले निर्णय गर्ने मुख्यमन्त्री गुरुङको भनाइ छ। 

प्रकाशित: Apr 15, 2021| 11:53 बिहीबार, वैशाख २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।