शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ओलीले अहंकार त्यागे अझै पनि वामगठबन्धन सम्भव छ : घनश्याम भुसाल

ओलीले अहंकार त्यागे अझै पनि वामगठबन्धन सम्भव छ : घनश्याम भुसाल

'प्रधानमन्त्रीको कुर्सीमा बस्ने अहंकार छोड्ने हो भने वामगठबन्धनकै सरकारको सम्भावना छ,’ पत्रकार सम्मेलनमा नेता भुसालले भने, 'ओलीले सरकारमा बस्ने तृष्णा र अहंकार राखेकै कारण देश यो अवस्थामा आइपुगेको छ। ओलीजीको अंहकारका लागि हाम्रो प्रतिष्ठा र इज्जतलाई आत्मसर्मपण गर्दैनौं।'
 |  बिहीबार, वैशाख २, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २, २०७८

बुटवल- नेपाल कम्युनिस्ट पार्टी (एमाले)का उपमहासचिव घनश्याम भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तामा बसिरहने तृष्णा र अहंकार त्यागे वाम एकता अझै पनि सम्भव रहेको बताएका छन्। एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षनिकट प्रेस चौतारी नेपाल रुपन्देहीले बिहीबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलन नेता भुसालले यस्तो बताएका हुन्। 

'प्रधानमन्त्रीको कुर्सीमा बस्ने अहंकार छोड्ने हो भने वामगठबन्धनकै सरकारको सम्भावना छ,’ पत्रकार सम्मेलनमा नेता भुसालले भने, 'ओलीले सरकारमा बस्ने तृष्णा र अहंकार राखेकै कारण देश यो अवस्थामा आइपुगेको छ। ओलीजीको अंहकारका लागि हाम्रो प्रतिष्ठा र इज्जतलाई आत्मसर्मपण गर्दैनौं।'

उनले आफूहरू विभाजन र आत्मसमर्पणको दुवै पक्षमा नभएको दाबी गरे। ओलीका कारण उत्पन्न राजनीतिक समस्या समाधानका लागि आफूहरु अन्तरसंघर्षमा होमिएको उनको भनाइ छ। 

सर्वोच्च अदालतले एमाले र माओवादी ब्युँताइदिएपछि फागुन २८ गते अध्यक्ष ओलीले केन्द्रीय कमिटीको बैठक भनेर विभिन्न निर्णय गरेकै दिनबाट पार्टी विभाजनको रेखा कोरिएको भुसालको तर्क छ। ‘२८ गतेको ताण्डव नाचले यो परिस्थिति ल्याएको हो,’ नेता भुसालले भने, ‘उहाँ (ओली) जीले लोकतन्त्रको सीमा भत्काउँदै हुनुहुन्छ। समृद्ध सपनाको लक्ष्मण रेखा भत्काउँदै हुनुहुन्छ। हामी त्यसलाई बचाउन खोज्दैछौं।’ 

ओलीले  विभाजन गरेको नेकपालाई अदालतले अनुमोदन मात्रै गरिदिएको भुसालको भनाइ छ। ‘ओलीजीले राजनितीक हिसाबले नेकपा विभाजित गराइसक्नुभएको थियो। त्यसलाई अदालतले अनुमोदन गरिदिएको हो,’ उनले भने। 

आफू सुरुदेखि नै पार्टी एकताकै पक्षमा रहेको उनको दाबी छ। अहिले पनि प्रधानमन्त्री ओलीले २०७५ जेठ २ गतेको संरचनालाई बिगारेकाले आफूहरुले त्यसलाई ब्युँताउने काम मात्र गरेको उनको भनाइ छ। आफूहरूले पछिल्लो समय गठन गरेका समितिहरूलाई समानान्तर समिति भनिएकोप्रति असहमति राखेका नेता भुसालले भने, 'ओलीजी को बरु समानान्तर कमिटी हो। हामी त २०७५ जेठ २ को संरचना निर्माणमा जुटेका छौं। ७० जिल्ला गठन भइसक्यो अब बाँकी एक हप्तामा सक्छौं।’

प्रकाशित: Apr 15, 2021| 11:13 बिहीबार, वैशाख २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।