शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • गण्डकी प्रदेशसभाको अधिवेशन आह्वानका लागि समावेदन दर्ता

गण्डकी प्रदेशसभाको अधिवेशन आह्वानका लागि समावेदन दर्ता

गण्डकी प्रदेशसभाको चालू अधिवेशन अचानक अन्त्य गरिएपछि त्यहाँका प्रतिपक्षी दलहरुले अधिवेशन आह्वानको माग गर्दै समावेदन दर्ता गराएका छन्।
 |  बिहीबार, वैशाख २, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २, २०७८

काठमाडौं- गण्डकी प्रदेशसभाको चालू अधिवेशन अचानक अन्त्य गरिएपछि त्यहाँका प्रतिपक्षी दलहरुले अधिवेशन आह्वानको माग गर्दै समावेदन दर्ता गराएका छन्।

प्रतिपक्षी दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी जसपाका २८ जना सांसदले हस्ताक्षर गरेर अधिवेशन आह्वानका लागि समावेदन दर्ता गरिएको कांग्रेस सांसद कुमार खड्काले नेपाल समयलाई जानकारी दिए।

उनका अनुसार आज बिहान सुरुमा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ताको प्रस्ताव प्रदेशसभा सचिवालयमा दर्ता गराएको छ। त्यसपछि मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएको छ। अविश्वासको प्रस्तावमा कांग्रेस, माओवादी केन्द्र र जसपाका २८ जना सांसदको हस्तक्षर छ।

अविश्वासको प्रस्ताव दर्तापछि प्रदेशसभा बैठकको माग गर्दै समावेदन दर्ता गरिएको छ।
गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने घोषणा जनमोर्चाले गरेसँगै त्यहाँ हिजोदेखि नयाँ सरकार गठनको अभ्यास भएको थियो।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ताको चर्चा चलेपछि मुख्यमन्त्रीले राति नै प्रदेशसभाको चालू अधिवेशन अन्त्यको सिफारिस गरेका थिए।

मुख्यमन्त्रीले अविश्वासको प्रस्ताव आउने थाहा पाएर गलत तरिकाले बैठक अन्त्यको सिफारिस गरेको भन्दै कांग्रेस सांसद खड्काले आफूहरुले बैठक आह्वानका लागि समावेदन दर्ता गरेको जानकारी दिए।

उक्त प्रदेशमा जनमोर्चाले अविश्वासको प्रस्तावमा पनि हस्ताक्षर गरेको छैन भने अविश्वासको प्रस्तावको पक्षमा उभिने तर सरकारमा सहभागी नहुने घोषणा गरेको छ।

सम्बन्धित समाचार

यस्तो छ गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङविरुद्धको अविश्वास प्रस्ताव (पूर्णपाठ)

गण्डकी प्रदेश सरकारबाट माओवादी केन्द्रको समर्थन फिर्ता

गण्डकी प्रदेशका मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता

अविश्वासको प्रस्ताव टार्ने प्रयास, गण्डकी प्रदेशसभा मध्यरातमा अन्त्य

प्रकाशित: Apr 15, 2021| 10:00 बिहीबार, वैशाख २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।