शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कानुनमन्त्री श्रेष्ठ भन्छन्, अब एमसीसी अनुमोदन प्रक्रिया अघि बढ्छ

कानुनमन्त्री श्रेष्ठ भन्छन्, अब एमसीसी अनुमोदन प्रक्रिया अघि बढ्छ

सरकारले अमेरिकी सहयोग परियोजना (मिलेनियम च्यालेन्ज कर्पोरेसन) सम्झौता संसद्बाट अनुमोदन गर्न प्रक्रिया अगाडि बढाउने भएको छ। 
 |  बिहीबार, वैशाख २, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २, २०७८

काठमाडौं– सरकारले अमेरिकी सहयोग परियोजना (मिलेनियम च्यालेन्ज कर्पोरेसन) सम्झौता संसद्बाट अनुमोदन गर्न प्रक्रिया अगाडि बढाउने भएको छ। 

कानुन न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले एमसीसी अगाडि बढाउन प्रधानमन्त्रीबाट निर्देशन भएकाले अब अनुमोदनमा लगिने बताएका हुन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार राष्ट्रका नाममा सम्बोधन गर्दै एमसीसी सम्झौता अनुमोदनमा ढिलाइ नगरिने बताएका थिए।

मन्त्री श्रेष्ठले संसद् सचिवालयमा बिहीबार पत्रकारसँग भने, ‘प्रधानमन्त्रीले एमसीसी अनुमोदनका लागि प्रक्रिया अगाडि बढाउन निर्देशन दिनुभएको छ। अब म म सभामुखसँग कुरा गर्छु। एमसीसी अगाडि बढाउँछौं।’

तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सन् २०१७ मा अमेरिकामा गएर गरेको ५५ अर्ब रुपैयाँको सडक र प्रसारण लाइनसम्बन्धी यो सम्झौता संसद्बाट अनुमोदन गर्नुपर्ने सर्त छ।  

प्रकाशित: Apr 15, 2021| 09:24 बिहीबार, वैशाख २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।