शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कम्तीमा २० वर्ष बेवारिसे शवको अभिलेख राख्न संसदीय समितिको निर्देशन

कम्तीमा २० वर्ष बेवारिसे शवको अभिलेख राख्न संसदीय समितिको निर्देशन

प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले कम्तीमा पनि २० वर्ष बेवारिसे शवको अभिलेख राख्न सरकारलाई निर्देशन दिएको छ। 
 |  बिहीबार, वैशाख २, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २, २०७८

काठमाडौं- प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले कम्तीमा पनि २० वर्ष बेवारिसे शवको अभिलेख राख्न सरकारलाई निर्देशन दिएको छ। 

बिहीबार सिंहदरवारमा भएको समितिको बैठकपछि समिति सभापति शशि श्रेष्ठले सरकारका नाममा यस्तो निर्देशन जारी गरेकी हुन्। 

बेवारिसे शवहरूको व्यवस्थापन सम्बन्धी छुट्टै निर्देशिका भएपनि सो अनुसार काम नभएको भन्दै ती कामलाई एकीकृत गर्नसमेत निर्देशन दिएकी छन्। 

यसका साथै सबै बेवारिसे शवहरूसम्बन्धी जानकारी दिनका लागि छुट्टै वेबसाइट संचालनमा ल्याउन समेत समितिको निर्देशन छ। बेवारिस शवहरूबारे सार्वजनिक सञ्चार माध्यममा जानकारी गराउन पनि समितिको निर्देशन छ। 

यसैगरी, डिएनए नमूना संकलन भएको यकिन गरेपछि मात्र बेवारिसे शव व्यवस्थापन गर्न समेत समेत समितिको निर्देशन छ।

पहिचान नखुलेका शवको संख्या शून्यमा झार्ने गरी काम गर्न पनि उनले निर्देशन जारी गरिन्।  

प्रकाशित: Apr 15, 2021| 09:19 बिहीबार, वैशाख २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।