शनिबार, असोज १०, २०८३

अब 'माई सेकेन्ड टिचर'बाट एसईई तयारी

एसईई परीक्षाको तयारी गरिरहेका विद्यार्थीहरूलाई लक्षित गर्दै कक्षा १० को अनिवार्य  गणित, विज्ञान, अंग्रेजी र  ऐच्छिक अर्थशास्त्र विषयका शिक्षक-विद्यार्थीको कुराकानीमा आधारित भिडियो सामग्री प्लेटफर्ममा उपलब्ध भएको निर्माता इन्नोभेट टेकले जानकारी दिएको छ। 
 |  बिहीबार, वैशाख २, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २, २०७८

काठमाडौं- विद्युतीय माध्यमबाट सिकाई (ई-लर्निङ) प्लेटफर्म ‘माई सेकेन्ड टिचर’ लन्च गरिएको छ। इन्नोभेट टेकले वैशाख १ मा माई सेकेन्ड टिचर लन्च गरेको हो। 

एसईई परीक्षाको तयारी गरिरहेका विद्यार्थीहरूलाई लक्षित गर्दै कक्षा १० को अनिवार्य  गणित, विज्ञान, अंग्रेजी र  ऐच्छिक अर्थशास्त्र विषयका शिक्षक-विद्यार्थीको कुराकानीमा आधारित भिडियो सामग्री प्लेटफर्ममा उपलब्ध भएको निर्माता इन्नोभेट टेकले जानकारी दिएको छ। 

माई सेकेन्ड टिचरमा विभिन्न विषयका समसामयिक अवधारणा, पाठ्यक्रमका विषयवस्तु  र दैनिक जीवनका अनुभवहरूलाई  शिक्षण पद्धतिसँग  जोड्ने  शिक्षक-विद्यार्थीको रोचक संवादमा आधारित अन्तर्क्रियात्मक भिडियो सामाग्री, नबुझेका कुरा शिक्षकसँग अनलाइन र  व्यक्तिगत रूपमै सोध्न मिल्ने अनलाइन ट्युटर सेवा, प्रत्येक विद्यार्थीको सही मू्ल्यांकन गर्न आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग गरी बनाइएको डाइगोनोस्टिक रिपोर्ट, कुनै पनि समयमा आफ्नो क्षमता परीक्षण गर्न मिल्ने टेस्ट पेपरलगायतका विशेषता रेहको बताइएको छ। 

गत शुक्रबार माई सेकेन्ड टिचरबारे जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै इन्नोभेट टेकका संस्थापक अध्यक्ष सुलभ बुढाथोकीले नेपालको शैक्षिक गुणस्तर सुधारमा यो प्लेटफर्म कोशेढुंगा सावित हुने विश्वास व्यक्त गरेका थिए। 

नेपाल जस्तो विकासोन्मुख राष्ट्रमा शैक्षिक गुणस्तरमा सुधार ल्याई शिक्षामा आधुनिक प्रविधिको प्रयोग अपरिहार्य रहेको औल्याउँदै अध्यक्ष बुढाथोकीले यसले विद्यार्थी, शिक्षक, अभिभावक र विद्यालय सञ्चालक सबैलाई उपयोगी हुने दाबी गरे। 

सन् २०२० मा एसिया-प्यासिफिक क्षेत्रका उत्कृष्ट १० ई–लर्निङ्ग प्ल्याटफर्ममा पर्न सफल माइ सेकेन्ड टिचर अमेजन वेब सर्भिसको एड-स्टार्ट अवार्डबाट सम्मानित छ।

प्रकाशित: Apr 15, 2021| 08:57 बिहीबार, वैशाख २, २०७८
प्रतिक्रिया दिनुहोस्